सत्तामा रहेका व्यक्ति नै विभिन्न प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी भएन : ओली « Khabarhub

सत्तामा रहेका व्यक्ति नै विभिन्न प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी भएन : ओली


११ भदौ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहेका व्यक्तिहरू नै विभिन्न प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा आयोजना गरिएको जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा ओलीले ललिता निवास, नक्कली भुटानी, सुन तस्करी लगायतका प्रकरणमा सत्तामा रहेका व्यक्तिहरू नै विभिन्न प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको आरोप लगाएका हुन् । उनले एउटा प्रकरणको अनुसन्धानलाई कमजोर पार्न सरकारले एकमाथि अर्को प्रकरण ल्याएको तर्क गरे ।

यती होल्डिङस, वाइडबडी, गिरीबन्धु लगायतका प्रकरणको छानविन गर्न सरकारलाई चुनौति दिँदै ओलीले उक्त प्रकरण छानविन गर्दा आफूलाई फरक नपर्ने तर सत्तामा रहेका दलका नेताहरू मुछिने बताएका छन् । सत्तामा भएकाहरूले नै सुन तस्करी गरेर ध्यान मोड्नका लागि पशुपति सुन प्रकरण निकालेको उनको भनाइ छ । उनले आफ्नो पार्टी कमिसनको पछाडि लाग्ने पार्टी नभएको र देश विकासका साथै समृद्धिमा ध्यान केन्द्रित रहेको जिकिर गरे । ओलीले तत्कालीन अवस्थामा बदनाम गर्नका लागि एमालेका ईश्वर पोखरेलमाथि पानी ट्याङ्कीमा पैसा लुकाएको आरोप लगाइएको पनि बताएका छन् ।

अध्यक्ष ओलीले नेकपालाई अदालतले विघटन गरेको सही नभएको बताएका छन् । नेकपाको सट्टा अर्को नाम दर्ता गर्न अदालतले भन्दा प्रचण्डले नमानेको उनले बताए  । त्यसपछि पनि बिभिन्न शक्ति मिलेर एमाले फुटाएको समेत उनको भनाइ छ । 

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  ७ : ५७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया