बडिमालिकाका तीर्थयात्रा सुरु « Khabarhub

बडिमालिकाका तीर्थयात्रा सुरु


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

मान्म – धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडिमालिकाको तीर्थयात्रा सुरु भएको छ । कालीकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धामको मेला भर्न तीर्थालुले यात्रा सुरु गरेका हुन् ।

हरेक वर्ष शुक्ल चतुर्दशीका दिन मेला लाग्ने बडिमालिकामा बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट पूजा सामग्रीसहित सरकारी टोली तीर्थयात्रा जाने गरेको र त्यसका लागि कालीकोटबाट पुजारीसहितको टोलीलाई केही दिनअघि नै पूजा सामग्रीसहित बिदाइ गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए ।

“बडिमालिका तीर्थयात्राका लागि केही दिनअघि पुजारीसहितको टोलीलाई बिदाइ गरिएको छ”, उनले भने, “बडिमालिकामा रहेका २२ पाटन, त्रिवेणी र खेतीपातीलगायतका रमणीय ठाउँको मनोरम दृश्यको अवलोकनसँगै बडिमालिकामा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास लिइन्छ ।”

चतुर्दशीका दिन मुख्य पूजा हुन्छ हुने बडिमालिकामा दुई जना पुजारीले पूजा गर्ने गरेको प्रमुख जिल्ला अधिकारी माझीले जानकारी दिए । “यीमध्ये एक जना कालीकोटबाट र अर्का प्रमुख पुजारी बाजुरा जिल्लाका रहनुहुन्छ”, उनले भने, “तीर्थालु कालीकोट र बाजुराको बाटो भएर जाने भएकाले कालीकोटको सुरक्षा व्यवस्था कडा पारेका छौँ ।”

बडिमालिका मेला भर्नका लागि तीर्थालु जान थालेको र त्यहाँको सुरक्षा व्यवस्था, स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मीको टोली पठाइएको कालीकोट रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए । “बडिमालिका तीर्थयात्राका जानेका लागि नगरपालिकाले सहजीकरण गर्दै त्यहाँ स्वास्थ्यकर्मीको टोली पठाइएको छ”, उनले भने, “तीर्थयात्राको अवधिभर सुरक्षा व्यवस्था कडा पार्नुका साथै मदिरा बिक्री वितरणमा समेत रोक लगाइएको छ ।”

बडिमालिका विषयमा पौराणिक कथाअनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्दा महादेव र सतीलाई बोलाएनन् । सतीदेवी दक्ष प्रजापतीको यज्ञास्थलमा गएर पितासँग आफ्ना पति महादेवलाई नबोलाउनाको कारण सोधिन् । दक्ष प्रजापतीले महादेव भाङ, धतुरो सेवन गर्ने, श्मसानमा बास गर्ने, गलामा सर्पको माला लगाउने, जटाधारी वेशमा रहने, शरीरभरि खरानी घस्ने, बाघको छालाको पहिरन गर्ने हुनाले यो यज्ञमा बस्दा शोभा भएकाले नबोलाएको भनी उत्तर दिए ।

आफ्ना पतिको यस्तो अपमान सहन गर्न नसकेर सतीदेवीले यज्ञकुण्डको अग्निमा हाम फालेर प्राण त्याग गरिन् । त्यसपछि महादेव रिसाएर वीरभद्रादी शिवगणलाई पठाएर दक्षलाई मारी दक्षको यज्ञा तहसनहस पार्न लगाए ।

त्यसपछि महादेव पत्नी वियोगमा पागल भएर सतीदेवीको मृत शरीर बोकेर पूरा विश्व घुम्न थाले । यसै बेला भगवान् विष्णुले आफ्नो सुदर्शन चक्र प्रहार गरी किरा पारेर सतीदेवीको मृत शरीर कुहाए । यसरी ठाउँ ठाउँमा सतीका अङ्ग पतन हुँदै (झर्दै) खस्न थाले । यसरी ठाउँ ठाउँमा सतीका अङ्ग पतन हुँदै (झर्दै) खस्न थालेपछि जहाँ जहाँ सतीका अङ्ग पतन भए त्यहाँ त्यहाँ एक एकवटा सिद्ध पीठ बन्दै गए । यसै क्रममा मल्लागिरि पर्वतमा सतीको बायाँ कुम पतन भयो । त्यसै मल्लागिरीलाई अहिले मालिका भनिन थालियो र यहाँ मल्लिका अथवा मालिका देवी शक्ति स्वरूपले रहन थालिन् । यसै स्थानमा बडिमालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  १० : ५५ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल