एमाले बाग्मती प्रदेशको नेतृत्वका लागि आज मतदान « Khabarhub

एमाले बाग्मती प्रदेशको नेतृत्वका लागि आज मतदान


११ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ ।

मतदान एमाले पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने बताइएको छ । मतदानका लागि विद्युतीय मेसिन प्रयोग गरिने एमालेले जनाएको छ । नेतृत्व चयनका लागि ११ सय ७४ जना मतदाता प्रतिनिधि रहेका छन् । 

प्रदेश अध्यक्षका लागि चारसहित उपाध्यक्ष, सचिव र उपसचिवमा २६ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उम्मेदवारी दिएका छन् ।

यस्तै, उपाध्यक्षमा दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ ।

सचिवमा रत्ना गुरुङ, हस्त पण्डित, नवराज सिलवाल र डा। रामकुमार अधिकारीले उमेदवारी दिएका छन् ।

उपसचिवका लागि खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उम्मेदवारी दिएका छन् ।

अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन हुनेछन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ७ : २६ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको