सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न जिल्लावासीलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा हिजो बसेको सर्वपक्षीय भेलाले सो आग्रह गरेको हो ।

भेलामा सहभागीले सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या गर्ने, अवाञ्छित गतिविधिमा लागेका व्यक्तिलाई बल पुर्‍याउनेलगायतका गतिविधि प्रति चिन्ता व्यक्त गर्दै यसलाई निरुत्साहन गर्न जोड दिएका थिए ।

भेलामा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

भेलाले जिल्लामा क्रियाशील पत्रकार र सञ्चारमाध्यमबाट सबैमा सकारात्मक सन्देश जाने खालका सूचना तथा सामग्री प्रकाशन गराउने पनि निर्णय गरेको छ । भेलामा सहभागी पत्रकारले पनि सामाजिक सद्भाव कायम गर्न आफूहरूको तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

सर्वपक्षीय भेलामा विकास निर्माणका काममा भएका ढिलासुस्ती बारेमा सूचना आदानप्रदान गरी सम्बन्धित निकायलाई सजग गराउने निर्णयसमेत गरिएको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिए ।

यसैबीच, सर्वपक्षीय भेलाले यही असोज १७ गतेदेखि २१ गतेसम्म दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गर्ने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’लाई सफ बनाउन सहयोग गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ९ : २९ बजे

हिमनदी पग्लिँदै गए हुनसक्छ ठुलो ज्वालामुखी विस्फोट : अध्ययन

काठमाडौं– विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ

त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेसलिष्ट पारित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम

बन्दीपुरमा ‘आफ्नो गाउँ, रमाइलो बनाउँ’ अभियान

दमौली– जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत

एनआरएनए अस्ट्रेलियामा एकता महाधिवेशनको तयारी 

काठमाडौं – एनआरएनए –एनसीसी अष्ट्रेलियाको सदस्यता वितरण पुन: सुरु हुने