नुवाकोटको लिगलिगे दौड प्रतियोगिता कात्तिक १ गते  « Khabarhub

नुवाकोटको लिगलिगे दौड प्रतियोगिता कात्तिक १ गते 


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

गोरखा– लिगलिगकोटमा राजा छनोट गर्नका लागि हरेक वर्ष आयोजना गर्ने गरिएको लिगलिगे दौड प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीका लागि यस वर्ष अनलाइनमार्फत फारम खुला गरिएको छ ।

लिगलिग विकास अभियानको आयोजनामा हुने ‘लिगलिगे दौड प्रतियोगिता २०८०’ मा सहभागी हुन चाहने खेलाडीका लागि अनलाइन फारम भर्न खुला गरिएको अभियानका अध्यक्ष सञ्जीव रानामगरले जानकारी दिए ।

आगामी कात्तिक १ गते हुन लागेको प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले यही असोज २५ गतेसम्म फारम भरिसक्नुपर्ने उनको भनाइ छ । 

अभियानले यस पटक एघारौँ संस्करणको लिगलिगे दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने धावकलाई एक वर्षका लागि लिगलिगकोटको साङ्केतिक राजा घोषणा गर्ने प्रचलन रहँदै आएको छ ।

गोरखा र लमजुङको सिमानामा पर्ने मर्स्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरु हुने दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर समापन हुने गर्दछ ।

प्रतियोगितामा उपाधि विजेता खेलाडीलाई नगद एक लाख रुपैयाँसहित श्रीपेच पगरी, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको अध्यक्ष थापामगरले बताए । मेन इलिट (खुला) प्रतियोगितातर्फ सहभागी खेलाडीले निर्धारित १३ दशमलव ८ किलोमिटर दूरी पार गर्नुपर्नेछ ।

प्रतियोगितामा दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार, चौथो हुनेलाई १४ हजार र पाँचौँ हुने विजेतालाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था रहेको उनले जानकारी दिए । तीन समूह चरणमा हुने प्रतियोगितामा स्थानीयवासी र विद्यार्थीले पनि छुट्टाछुट्टै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ ।

स्थानीय खुलातर्फ भाग लिएर विजेता हुन खेलाडीमध्ये प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

विद्यार्थीतर्फ प्रतियोगितामा सहभागी हुन पाउने १८ वर्षभन्दा मुनिका छात्रले भने पालुङटार नगरपालिका–३ को मैवलबाट कालिका मन्दिरसम्मको तीन किलोमिटर दौड पूरा गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल एकीकरणअघिका बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । 

पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको भए पनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताको आयोजना गरिँदै आएको छ । 

विसं १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको हो ।

तत्कालीन राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी लिगलिगकोटको राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  १० : ३१ बजे

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

सङ्खुवासभा– सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

म्याग्दी– बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै

एसियाली खेलकुद : क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

कास्की– जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म

मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी

कास्की – कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार

इरानविरुद्ध अनिश्चितकालीन नाकाबन्दी लगाउन सकिने अमेरिकाको चेतावनी

काठमाडौँ – अमेरिका र इरानबिच जारी द्वन्द्व थप उत्कर्षमा पुगेको