आजको तरकारी तथा फलफूलको मूल्यसूची  « Khabarhub

आजको तरकारी तथा फलफूलको मूल्यसूची 


११ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज टनेल गोलभेडा सानो प्रतिकेजी ६० रुपैयाँ, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ८०, काउली स्थानीय ९०, आलु रातो ५६, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ५०, हरियो फर्सी ४०, घिरौँला ६० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३००, बन्दा लोकल ५०, गाँजर १२०, मूला सेतो ५०, भन्टा डल्लो ५०, भन्टा लाम्चो २५, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ५०, ब्रोकाउली २८०, कागती २२०, भिण्डी ६०, निगुरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ३५०, लोकल काँक्रो ६०, अदुवा प्रतिकेजी १६० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ४५० रुपैयाँ, केरा दर्जनको १५०, अनार ४००, नासपाती ८०, एभोकाडो २००, कालो अंगुर ४००, किवी ४००, हरियो खुर्सानी अकबरे १२० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २४०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, लप्सी प्रतिकेजी ५० रुपैयाँ, हरियो धनियाँ ५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परबर ४०, गुन्द्रुक प्रतिकेजी २५०, भारतीय प्याज सुकेको ७०, लसुन हरियो २२०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ८०, सरिफा १५०, फुजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ६०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ७०, निबुवा ५०, बरेला ९०, कन्य च्याउ १४०, तने बोडी प्रतिकेजी ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ११ : २३ बजे

जलमग्न त्रिवि क्रिकेट मैदान, खेल प्रभावित हुने सम्भावना बढ्यो (तस्बिरहरू) 

काठमाडौँ – निरन्तरको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत

नेपाली आईटी कम्पनीलाई ग्लोबल युनिकर्न बनाइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि

मुगुमा भारी वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै

मुगु– मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो

नाइजेरियामा सैन्य अखडामा आक्रमण विफल, ४८ लडाकु मारिएको सेनाको दाबी

एजेन्सी– नाइजेरियाली सेनाले देशको उत्तरपूर्वी क्षेत्रमा रहेका दुई सैन्य अखडामा

पृथ्वीराजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध