ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण | Khabarhub Khabarhub

ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण गरिएको छ । टिप्ताला नाका खुल्ने भएसँगै चीनको रियू आउजाउ गर्नका लागि सीमा प्रवेशपत्र वितरण गरिएको हो ।

गत साता प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको नेतृत्वमा जिल्ला प्रशासनका कर्मचारी, सुरक्षा निकायका प्रमुख र फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूको टोली ओलाचुङगोला पुगेर सीमा प्रवेशपत्र वितरण गरेको जनाइएको छ । 

प्रमुख जिल्ला अधिकारी चेम्जोङका अनुसार पहिलो चरणमा फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोलायाङ्मा क्षेत्रका बसोबास गर्ने ८८ नागरिकलाई सीमा प्रवेशपत्र उपलब्ध गराएको हो ।

दसैँ तिहारबीचमा टिप्ताला नाका खुल्न सक्ने जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । डिङ्जे काउन्टी र फक्ताङलुङ गाउँपालिका, जिल्ला प्रशासन तापलेजुङका त्रिपक्ष सहमतिमा सीमादेखि ३० किलोमिटरसम्म बसोबास गर्ने नागरिकलाई पहिलो चरणमा सीमा प्रवेशपत्र उपलब्ध गएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । 

विस्तारै प्राथमिकताका आधारमा फक्ताङलुङ गाउँपालिकामा बसोबास गर्ने नागरिकलाई समेत सीमा प्रवेशपत्र उपलब्ध गराउँदै जाने गाउँपालिकाले जनाएको छ । जिल्ला प्रशासनका अनुसार प्रवेशपत्रका समय अवधि एक वर्ष हुने छ । प्रत्येक वर्ष सीमा प्रवेशपत्र जिल्ला प्रशासन कार्यालयमा नवीकरण गर्नुपर्ने छ ।

कोभिड–१९ कारण विगत चार वर्षदेखि टिप्ताला नाका बन्द छ । लामो समय नाका बन्द हुँदा सीमावर्ती क्षेत्रमा व्यापार ठप्प भएको छ । सीमा क्षेत्रमा बसोबास गर्ने समुदायको व्यापार ठप्प हुँदा आर्थिक सङ्कट खेप्दै आएको स्थानीय बताउँछन् । 

गलैँचा, जडीबुटी साथै नेपालबाट उत्पादित सामग्री चीन निर्यात बन्द हुँदा सीमा क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक सङ्कटमा पर्दै गएको जनाइएको छ । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  १२ : ०२ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस