सर्लाहीमा चिताबाट एक युवतीको शव बरामद, पतिसहित तीनजना पक्राउ « Khabarhub

सर्लाहीमा चिताबाट एक युवतीको शव बरामद, पतिसहित तीनजना पक्राउ


११ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीमा जलाउनका लागि चितामा राखिएको एक युवतीको शव प्रहरीले बरामद गरेको छ ।

सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको हो ।

हिजो दिउँसो मनुषमारा घाटमा जलाउने तयारी गरिएको अवस्थामा मनिषाको शवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मनिषाको मृत्यु शंकास्पद देखिएपछि शव बरामद गर्दै मनिषाका श्रीमान सुनिल साह, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनीहरूलाई घाटबाटै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

परिवारका सदस्यले छारे रोगबाट पीडित मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् भने प्रहरीले शंकास्पद ठानेर शव बरामद गर्दै परिवारका सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो ।

संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान र शवको पोष्टमार्टमको रिपोर्टपछि सबै थाहा हुने प्रहरीले जनाएको छ । युवतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  १ : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया