‘सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ’ « Khabarhub

‘सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ’


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुने बताएकी छन् । 

सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले आज यहाँ आयोजना गरेको गोष्ठीमा उनले सार्वजनिक सरोकारका विषयमा जति बढी जानकारी प्राप्त हुन्छ त्यति बढी जनता सशक्त हुने बताइन् । 

मन्त्री शर्माले भनिन्, ‘सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ । यसले सार्वजनिक सरोकारका सबै विषयमा जनताको पहुँच पुर्‍याउन सहयोग गर्छ ।’ सूचनाको हक जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउने माध्यम भएकाले यसको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनु आजको आवश्यकता रहेकामा उनको जोड थियो ।

सूचनाको हकलाई संविधानमा मौलिक हककारुपमा व्यवस्था गरिएको र यसको कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी ऐन रहेको जानकारी गराउँदै मन्त्री शर्माले ऐनको मुख्य उद्देश्य जनतालाई बलियो बनाउनु हो भनिन् ।

‘अनलाइन स्पेसको वृद्धिसँगै एकातिर सूचना सङ्कलन, भण्डारण र प्रवाहमा सहजता आएको छ भने अर्कातिर सूचना प्रविधिको प्रणालीमाथिको अनधिकृत पहुँच दुरुपयोगको समस्याका कारण सूचनाको सुरक्षामा चुनौती थपिएको छ’, मन्त्री शर्माले भनिन्। यसका लागि सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरेको उनले उल्लेख गरिन् । 

सो अवसरमा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोग सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि यसलाई पूर्णरुपमा अनलाइनमा लैजान प्रयासरत रहेको बताउँदै आयोगले सूचना मागकर्ता र सार्वजनिक निकायका लागि सहयोगी पुस्तिका बनाएको उल्लेख गरे। उक्त पुस्तिकालाई आगामी दिनमा स्थानीय भाषामा पनि प्रकाशन गर्ने योजना रहेको उनले सुनाए ।

प्रमुख सूचना आयुक्त गुरुङले सूचनाको हकलाई पूर्ण समावेशी बनाउन लागेको बताउँदै यसले कार्यान्वयनमा प्रभावकारी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले ‘अनलाइन स्पेस र सूचनाको हक अवसर र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी मन्त्रालयका सहसचिव अनिलकुमार दत्त, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा र आयोगका आयुक्त रत्नप्रसाद मैनालीले टिप्पणी गरेका थिए । कार्यक्रममा मन्त्री शर्माले आयोगले सूचना मागकर्ता र सार्वजनिक निकायका लागि सहयोगी पुस्तिका विमोचन गरेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ३ : ३० बजे

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक

एउटै रुटका दुई झरना : जिरीको लौतीसँगै जुँगुको छहरामा आन्तरिक पर्यटक बढे

दोलखा– वर्षायाम सुरु भएसँगै दोलखाका प्राकृतिक झरनाहरूमा आन्तरिक पर्यटकको चहलपहल