पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध | Khabarhub Khabarhub

पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गुल्मी– पहिरोका कारण कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर अन्तर्रगतको रिडी‐रुद्रबेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

रुरुक्षेत्र गाउँपालिका एक अनर्गत रिडी बजारदेखि नजिकै रहेको बिष्णुपञ्जरमा गएराति सडक माथिबाट ठूलो चट्टान सहितको पहिरो खसेको हो । पहिरो खसेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको नेतृत्वमा सडक सञ्चालनका लागि बिहानैदेखि प्रहरी टोली घटना स्थलमा खटिरहेको छ । बिडारी कन्ट्रक्सनद्वारा स्काभेटरको माध्यमबाट पहिरो पन्छाउने काम भइरहेको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए ।

रिडी‐रुद्रबेणी‐वामीटक्सार हुँदै बाग्लुङ्गको बुर्तिवाङसम्म पुग्ने उक्त सडक जिल्लामा सबैभन्दा बढी सवारी साधनहरू सञ्चालन हुने सडकमा पर्छ ।  सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवललगायतका गन्तव्यमा पुग्ने यात्रु र सवारी साधन रोकिएका छन् । 

अबरुद्ध सडक चाँडो भन्दा चाँडो सञ्चालनका लागि काम भइरहेको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ३ : ४७ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु