‘सुर्खेत-हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँ’ « Khabarhub

‘सुर्खेत-हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँ’


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले सुर्खेत–हिल्सा सडक निर्माणमा जोड दिने बताएका छन् ।

गुर्भाकोट नगरपालिका सुर्खेत बोटेचौरस्थित स्थापना भएको भेरी कोरिडोर सिञ्चाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन कार्यक्रममा उनले सुर्खेत–हिल्सा जोड्ने सडक निर्माणपछि कर्णाली र भेरी करिडरका सडक बनाइने बताए। उनले भने, ‘यो आयोजना विगतमा ओझेल पर्दै गए पनि अबका दिनमा तीव्रताका साथ अगाडि बढ्नेछ ।’

उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीसमेत रहनुभएका खड्काले आर्थिक प्रतिकुलताको बीचमा कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई चिर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकार सबल अर्थतन्त्र निर्माणमा लागिपरेको बताए। 

अर्थतन्त्र चलायमान बनाउनका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएकोले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरिएको उनको भनाइ थियो । कर्णालीको जल, जडीबुटी र कृषिजन्य उत्पादनलाई प्रयोगमा ल्याउन र यहाँका सम्भावनालाई केन्द्रसँग जोडेर लैजाने हिसाबले काम भइरहेको बताउँदै कार्यवाहक प्रधानमन्त्री खड्काले निर्वाचन अवधिमा फरक दल भए पनि कर्णालीको विकास र समृद्धिको पक्षमा सबै जनप्रतिनिधिको एकमत रहेको उनले जनाए। 

उनले प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा मुलुकको पूर्वाधार तथा ऊर्जा विकासका क्षेत्रमा महत्वपूर्ण सम्झौता गरेको बताए। उनका अनुसार सुशासन एवं जनमैत्री शासन व्यवस्थाको प्रत्याभूति जनतालाई गराउने खालका सुशासनसँग सम्बन्धित कार्ययोजना सार्वजनिक गरिनेछ । 

कर्णालीलाई बजेट विनियोजनमा पहिलो प्राथमिकता राखेको भन्दै उनले यहाँका जनताको खुसी र समृद्धिका लागि सबै दल एक हुनुको विकल्प नभएको धारणा राखे । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आयोजनाको कार्यालय स्थापना हुनुमा कार्यवाहक प्रधानमन्त्रीको विशेष योगदान रहेको बताए ।

जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विश्वकर्माले भेरी कोरिडोर क्षेत्रको विकासले कर्णालीको आर्थिक समृद्धिमा सहयोग पुग्ने भनाइ राखे । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले आयोजनाको अलग्गै कार्यालय हुनुले काममा छरितोपन आउने र पर्यटन विकासमा पनि सघाउ पुग्नेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ४ : ५१ बजे

प्रधानमन्त्रीले भोलि नीति तथा कार्यक्रममाथि जवाफ दिने, आजलाई संसद् स्थगित

काठमाडौं–  प्रधानमन्त्री बालेन्द्र शाहले यही महिनाको ३१ गते (भोलि) नीति

विपक्षीको अवरोधबीच प्रतिनिधिसभा बैठक तेस्रोपटक सुरु

काठमाडौं– दोस्रोपटक स्थगित भएको प्रतिनिधिसभा बैठक तेस्रोपटक सुरु भएको छ।

सरकारविरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – केन्द्रीय संयुक्त संघर्ष समितिले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको

सहमति नजुटेपछि संसद् एक घण्टादेखि अवरुद्ध

काठमाडौं– दोस्रो पटक स्थगित भएको प्रतिनिधिसभा बैठक सहमति नजुट्दा एक

पत्रकार महासंघले भन्यो रास्वपा सांसद खरेलको पत्रिका बन्द गर्ने धम्की निन्दनीय

काठमाडौं– नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदिश