‘पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा’ « Khabarhub

‘पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा’


११ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एक वर्षअघि आएको विनाशकारी बाढीबाट पीडित पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा भएको बताएका छन् ।

पाकिस्तानमा आएको बाढीबारे महासभामा जानकारी दिँदै उनले भने, ‘विपत्ति वा डढेलो, आँधीबेहरी र खडेरीले यो परिमाणमा अन्यत्र तहसनहस पारेको छैन ।’   

“कार्बन उत्सर्जनले पृथ्वीलाई तताइरहेको, मानिसहरूको ज्यान लिइरहेको, समुदाय र अर्थव्यवस्थालाई तहसनहस पारिरहेको छ । उनले भने, ‘केही देशहरूले उत्सर्जन कटौती गर्न नसक्ने दाबी गरेका छन् । सत्य के हो भने जलवायु परिवर्तनबाट हुने क्षतिलाई कसैले पनि एकल प्रयासमा धान्न सक्दैन ।’ 

महासचिव गुटेरेसले भने, ‘जीवाश्म ईन्धन–आधारित ऊर्जा प्रणालीहरू राजनीतिक निर्णय हुन् । अनि ती निर्णयहरू परिवर्तन हुनैपर्छ ।’  

गुटेरेसले दाता र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई आफ्ना प्रतिबद्धता पूरा गर्न र पाकिस्तानका लागि आफूले वाचा गरेको रकम जतिसक्दो छिट्टै टेबुलमा जम्मा गर्न आग्रह गरे ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ६ : ४२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया