लागूऔषधसहित तीनजना पक्राउ « Khabarhub

लागूऔषधसहित तीनजना पक्राउ


११ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

झापा – मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा भन्सार गेट अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित बुद्धशान्ति गाउँपालिका–२ बस्ने ४२ वर्षीय दिपक प्रसाद प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे।५ प ५७०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार प्रसाईलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

भद्रपुर नगरपालिका–५ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ९ सय ५० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका– १५ बस्ने ३६ वर्षीय बिजय कुमार राजवंशी र २६ वर्षीय सुमन राजवंशी रहेका छन् ।

प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे।६ प ८६८८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ९ : ४० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया