सराय नाच संरक्षणमा चुनौती « Khabarhub

सराय नाच संरक्षणमा चुनौती


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– एक दशक अगाडिसम्म बागलुङका धेरै जसो गाउँहरुमा सराय नाच नाच्ने प्रचलन भए पनि पछिल्लो समय एक-दुई गाउँमा मात्र देख्न पाइन्छ । मौलिक संस्कृति बोकेको सराय नाच हराउँदै जान थालेपछि बुढापाकाले
चिन्ता गर्न थालेका छन् । 

नयाँ पुस्ताले यो नाच नाच्नेतर्फ चासो नदिँदा हराउँदै गएको हो । विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म नाचिने सराय नाच अहिले दसैँका दिनमा मात्रै सीमित छ । पहिले यो नाच दसैँको समयमा आफन्तजन तथा गाउँले जम्मा भएर तरबार नचाएर एकापसमा खुसी साटासाट गरी नाचिने गरेको स्थानीय वीरबहादुर चन्दले बताए। 

गाउँका मठमन्दिरमा राखिएको दरबार तथा खुँडा, घरमा राखिएको जमराको माला र एउटै किसिमका कपडा पहिरिएर ठूलो समूहमा यो नाच नाच्ने गरिएको चन्दको भनाइ छ । युवा पुस्ताले चासो नदिँदा अहिले थोरैले मात्र नाच्ने गरेको उनले बताए ।

परापूर्वकालदेखि नाच्न थालिएको सराय नाचले वर्षौंदेखि टाढिएका आफन्तजन, इष्टमित्र र गाउँलेलाई जमघट गराउने चन्द बताउनुहुन्छ । आधुनिक प्रविधिको विकासले मौलिक संस्कृति हराउँदै गएको उनको गुनासो छ । 

‘यो नाच कहिलेदेखि सुरु भयो भन्ने यकिन छैन, तर हाम्रो जिजु, बाजे र बाउले नाच्दै आए, हामीहरुले पनि त्यही सिको गरेर नाच्यौँ, अहिलेका हाम्रो छोरा भतिजले नाच्न छाडे, यो त राम्रो सम्पत्ति हो, तर नयाँ पुस्ताले संरक्षण गर्न सकेनन्’, उनले भने, ‘अहिले हामी बुढाहरुले मात्रै नाच्दै आएका छौँ, हरेक वर्ष नाच्नेको सङ्ख्या घट्दै गएको छ, पुराना बित्दै गए, नयाँले नाचेनन्, अबको १०/१५ वर्षमा गाउँमा सराय नाच्ने कोही हुँदैनन् होला ।’

केही वर्ष अगाडिसम्म सराय नाच हेर्नेको भीड हुने गरेको भन्दै अहिले धेरै जसो मोबाइलमै झुण्डिराख्ने स्थानीय पदमबहादुर घर्तीले बताए। बूढापाका पुस्ता नसक्ने हुँदै गएपछि पुराना परम्परा, कला र संस्कृति पनि मेटिँदै जाने हुँदा सराय नाचको लोप हुने खतरा बढेको उनले बताए । 

पहिले गाउँका प्रत्येक घरबाट एक जना भाला र तरबार लिएर नाच्न आउने गरेको स्मरण गर्दै अहिले नाच्ने युवा जति विदेश पलायन भएको घर्तीको भनाइ छ । मौलिक कला संस्कृतिको संरक्षणमा सरोकारवाला निकायले पनि ध्यान दिनुपर्ने उनले बताए। घर्तीले भने, ‘हामीहरु बुढा भयौँ, नयाँ सिक्ने युवा विदेश गए, गाउँनै रित्तिन थालेको छ, अब कसरी पुराना संस्कृति संरक्षण गर्ने ?, यहाँ भएकाहरूले पनि चासो नै दिँदैनन्, यो परम्परालाई जोगाउने हो भने नयाँ पुस्ता तयार हुनुपर्छ, ध्यान दिनुपर्छ, नत्र भने केहीपछि सराय नाच देख्न पनि पाइने छैन, यो त पुस्तौँदेखि पुस्ता हस्तान्तरण हुँदै आजसम्म आएको हो ।’

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ३ : १२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्