प्रमुख राजनीतिक दलहरु एकै ठाउँमा उभिएर परिवर्तन विरोधी प्रवृत्ति निस्तेज पार्छौ : प्रधानमन्त्री | Khabarhub Khabarhub

प्रमुख राजनीतिक दलहरु एकै ठाउँमा उभिएर परिवर्तन विरोधी प्रवृत्ति निस्तेज पार्छौ : प्रधानमन्त्री


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

ललितपुर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख राजनीतिक दलहरु एकैठाउँमा उभिएर परिवर्तन विरोधी प्रवृत्तिलाई निस्तेज पार्ने बताएका छन् ।

गणतन्त्र, संघीयता धर्म निरपेक्षता लगायतका परिवर्तनका विरुद्ध प्रश्न उठाउने चेष्टा गरिएको उल्लेख गर्दै उनले भने, ‘यो बीचमा मेरो दौडधुप पनि परिवर्तनका लागि विगतमा संघर्ष गरेका सबै राजनीतिक दलहरूलाई एकतावद्ध गर्नमा केन्द्रित छ ।’

नेपाली कांग्रेसद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने , ‘यो चियापान संस्कृति बीपी कोइराला जीवितै हुँदा सुरु गरिएको संस्कृति हो । यसले आपसी एकता र सद्भाव वृद्धि गरेको छ ।’ उनले चाडपर्वको अवसरमा आयोजित यस्ता कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्ने, राष्ट्रिय राजनीतिलाई स्थिरता, सहमति र सहकार्यको दिशा तिर लैजाने र आउने दिनमा जनताको विकास र समृद्धिको अपेक्षा पुरा गर्ने विश्वास पनि व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनेदेखि नै सबै राजनीति दलहरूका बीचमा सहमति बनाउने प्रयत्न भएको स्पष्ट पारे । उनले अन्तर्राष्ट्रिय रुपमा पनि सरकारबाट लिइएका कूटनीतिक पहलका कारण संयुक्त राष्ट्रसंघको महासचिव र कतारका राजा नेपाल भ्रमणमा आउन लागेको बताए। प्रधानमन्त्रीले यी भ्रमणहरू सरकारले लिएको कूटनीतिक सफलताको परिणाम भएको बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ५ : ३१ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा