विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक ११ ,२०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर २८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

इजिप्टमा सवारी दुर्घटनामा परी ३५ जनाको मृत्यु, ५३ घाइते
इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा शनिबार भएका सवारी दुर्घटनामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५३ जना घाइते भएका इजिप्टको सरकारी अहराम पत्रिकाले जनाएको छ ।

बेहेरा नजिकै कायरो–अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कारबाट तेल चुहिएर विभिन्न सवारी साधनमा आगलागी भएका कारण दुर्घटना भएको सुरक्षा अनुसन्धानले देखाएको छ । मृतक र घाइतेलाई नजिकैका शहरका अस्पतालमा लगिएको छ । उक्त घटनाको आपराधिक अनुसन्धान गर्न आदेश दिइएको समाचारमा जनाइएको छ ।

तीव्र गति, सडकको कमजोर मर्मत सम्भार र ट्राफिक कानुनको फितलो कार्यान्वयनका कारण इजिप्टमा हरेक वर्ष हजारौँको सङ्ख्यामा सडक दुर्घटना हुने गरेका छन् ।

विगत केही वर्षयता इजिप्टले सवारी दुर्घटना कम गर्न आफ्नो सडक सञ्जालको स्तरोन्नति गरेको छ ।

अमेरिकी राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेट
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ विदेशमन्त्री वाङ यी बीच शुक्रबार ह्वाट हाउसमा भेटवार्ता भएको छ । सो भेटले चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित भ्रमण पूर्व दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन खोजिएको आशय प्रतिबिम्बित टिप्पणी भएको छ।

विश्वका दुई माहशक्ति राष्ट्रका नेताहरूले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सहकार्य गर्नुपर्ने विश्वव्यापी आकाङ्क्षाका बीच यो भेटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ । ह्वाइट हाउसले जनाए अनुसार राष्ट्रपति बाइडेनले संयुक्त राज्य अमेरिका र चीन दुवैले आपसी सम्बन्धमा प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक ढङ्गले व्यवस्थापन गर्न र सञ्चारको ढोका खुला राख्न आवश्यक रहेको कुरामा जोड दिएका छन् । उनले संयुक्त राज्य अमेरिका र चीनले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न मिलेर काम गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेट दुई देशबीचको उच्चस्तरीय सम्पर्कको शृङ्खलामा सबैभन्दा पछिल्लो खुट्किलो हो । पछिल्लो समय दुई देशबीच बढ्दो तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने सम्भावना खोजिरहेको देखिन्छ । राष्ट्रपति बाइडेन र मन्त्री वाङ बीच ह्वाइट हाउसको रुजवेल्ट कक्षमा भएको सो भेटवार्तामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान पनि उपस्थित थिए । प्रवक्ता जोन किर्बीले बताए अनुसार बाइडेनले बैठकलाई सकारात्मक भन्दै वार्ता जारी राख्ने राम्रो अवसरको रूपमा हेरेका छन् ।

यद्यपि, बेइजिङले अर्को महिना हुने वार्षिक एसिया(प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका लागि सान फ्रान्सिस्को जाने वा नजाने बारे स्पष्ट पारेको छैन। यसअघि चीनका राष्ट्रपति सी चिनफिङले विश्व शान्ति र विकासमा अमेरिका–चीन सम्बन्धको प्रभावलाई उद्धृत गर्दै बेइजिङ वाशिङ्टनसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए। उनले विभिन्नतालाई राम्ररी व्यवस्थापन गर्न, एकअर्काको प्रगतिमा योगदान पुर्‍याउन र साझा समृद्धिको दिशामा अघि बढ्न बेइजिङ तयार रहेको बताएको सिन्ह्वाले जनाएको छ।

चीनका राष्ट्रपति सीले चीन ‘पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत(जीत सहयोगको तीन सिद्धान्तहरूमा आधारित रहेर अमेरिकासँग काम गर्न इच्छुक रहेको बताएका छन् । विश्वका दुई ठूला देश चीन र संयुक्त राज्य अमेरिकाले राज्य(राज्य अन्तरक्रियाको सही मार्ग पत्ता लगाउन सक्छन् कि सक्दैनन् भन्ने कुरा विश्व शान्ति, विकास र मानवजातिको भविष्यमा आधारित छ, राष्ट्रपति सीले उल्लेख गरेका छन् ।

उनले भने(पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहयोगका तीन सिद्धान्तहरूमा आधारित पारस्परिक लाभकारी सहयोगलाई अगाडि बढाउन, भिन्नतालाई सही ढङ्गले व्यवस्थापन गर्न र विश्वव्यापी चुनौतीहरूको सामना गर्न संयुक्त प्रयास गर्न चीनले अमेरिकी पक्षसँग मिलेर काम गर्न इच्छुक छ। अमेरिका(चीन सम्बन्धको राष्ट्रिय समितिको वार्षिक गाला डिनरमा दिइएको बधाइ सन्देशमा राष्ट्रपति सीले दुई देश बीच विभिन्न क्षेत्रमा सहयोग आदानप्रदानका लागि समितिको लामो समयदेखिको समर्पणको प्रशंसा गरेको पनि सिन्ह्वाले उल्लेख गरेको छ।

दुई देश बीचको तनाव उच्च रहेको अवस्थामा मन्त्री वाङ वाशिङ्टन आउनु भएको हो । यस भ्रमणका क्रममा उन्नत प्रविधिमा अमेरिकी निर्यात नियन्त्रण र पूर्वी र दक्षिण चीन समुन्द्रमा चीनको थप दृढतापूर्ण कारबाही लगायतका विषयमा पनि कुराकानी केन्द्रित भएको बताइएको छ ।

संयुक्त राष्ट्रसंघमा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित
संयुक्त राष्ट्रसंघको महासभामा इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीचको युद्ध रोक्ने प्रस्ताव पारित भएको छ ।

नेपालसहित १२० राष्ट्र प्रस्तावको पक्षमा उभिए भने इजरायल, अमेरिका, अष्ट्रिया, हंगेरीलगायत १४ देशले विपक्षमा मतदान गरे । यस्तै, भारतसहित ४५ देश मतदानमा सहभागी नभइ तटस्थ बसेका छन् ।

इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएसँगै शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान समेत गरिएको छ ।राष्ट्रसंघीय महासभाको विशेष सत्रमा जोर्डनले युद्धविरामसम्बन्धी प्रस्ताव ल्याएको थियो ।

न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने बताएका थिए ।

गाजाबाट रिर्पोटिङ गर्ने पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने इजरायलको भनाई
इजरायलले गाजा क्षेत्रबाट रिपोर्टिङ गर्ने पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न नसकिने जनाएको छ । इजरायल डिफेन्स फोर्स ९आईडीएफ० ले गाजाबाट रिपोर्टिङ गर्ने पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताएको हो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई इजरायलले सो धारणा प्रस्ट रुपमा राखेको रोयटर्सले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरू रोयटर्स र एजेन्सी फ्रान्स प्रेस (एएफपी) ले यस हप्ता इजरायली सेनालाई गाजाको युद्धभुमीमा रहेका उनीहरूका पत्रकारहरूलाई इजरायली हवाई हमलाले निशाना बनाइने छैन भन्ने आश्वासन दिएका थिए ।

तर, अहिले आईडीएफले दुबै एजेन्सीहरूलाई लेखेको पत्रको जवाफ दिँदै भनेको छ उनीहरू गाजाभरि हमासका सबै सैन्य गतिविधिलाई लक्षित गर्दैछन् । यस परिस्थितिहरूमा पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न सक्दैनन् । उनीहरूलाई हमास माथिको प्रतिवादलाई कडा रूपमा लिनसमेत इजरायलले आग्रह गरेको छ ।

उनीहरूको सुरक्षाको लागि आवश्यक सबै उपायहरू अपनाइने भए पनि अवस्था ठिक नभएको बुझिदिन इजरायलले आग्रह गरेको छ । इजरायलको सो पत्रमा हमासले जानाजानी सैन्य कारबाहीलाई पत्रकार र सर्वसाधारणको नजिकमा राखेको पनि रोयटर्सले जनाएको छ । तर, आईडीएफद्वारा लगाइएका यी आरोपहरू साँचो हो कि भनेर सोध्दा हमासले तुरुन्तै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ ।

रोयटर्स र एएफपी दुवैले गाजामा पत्रकारहरूको सुरक्षामा चिन्ता व्यक्त गरेका छन् ।

‘इजरायल आफ्नो पागलपनबाट बाहिर निस्कनु पर्छ’
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताएका छन् ।

हमास–इजरायल युद्दको २२ औं दिनमा रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताउँदै प्यालेस्टाइन माथि आक्रमण रोक्नु पर्ने जनाएका छन् ।

राष्ट्रपति एर्डोगानले इजरायललाई गाजा पट्टीबाट तत्काल बाहिर आउनु पर्ने र आफ्नो पागलपनको अवस्थाबाट बाहिर निस्कनु पर्ने उनको भनाई छ । उनले गाजापट्टीमा भएको आक्रमण बन्द गर्नका लागि आह्वानसमेत गरेका छन्।

‘गाजामा इजरायली बमबारी, जुन हिजो राती तीव्र भयो, फेरि महिला, बालबालिका र निर्दोष नागरिकहरूलाई लक्षित गरी मानवीय संकटलाई गहिरो बनाएको छ,’ उनले भने।

इजरायली आक्रमणका ‘मास्टर माइन्ड’ मारेको इजरायलको दाबी
इजरायल–हमास युद्ध जारी छ। इजरायलद्वारा गाजामा लगातार बमबारी जारी छ। हिजो राति भएको यो युद्धमा इजरायली रक्षा बलले ठूलो सफलता हासिल गरेको समाचार छ ।

इजरायली सेनाका अनुसार आइडीएफका लडाकु विमानहरूले हमासका लडाकु विमानका प्रमुख एसेम अबु रकाबालाई आक्रमण गरेका थिए, जुन आक्रमणमा उनको मृत्यु भएको छ ।

हमासले गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्ने डरलाग्दो योजना बनाउनमा अबु रकाबाको संलग्नता रहेको इजरायलले आरोप लगाउँदै आएको थियो ।
उसका अनुसार रकाबाले प्याराग्लाइडरमा इजरायलमा घुसपैठ गर्ने आतंककारीहरूलाई आदेश दिएका थिए र इजरायली सैन्य लक्ष्यहरूमा ड्रोन आक्रमणका लागि जिम्मेवार थिए। आइडिएफले ट्वीट गर्दै यो जानकारी दिएको हो।

‘रातभर आइडीएफका लडाकु विमानहरूले हमासको हवाई एरेका प्रमुख असाम अबू रकाबालाई आक्रमण गरे। अबु रकाबा हमासको ड्रोन, प्याराग्लाइडर, हवाई पत्ता लगाउने र रक्षाको लागि जिम्मेवार थिए। उनी अक्टोबर ८ मा भएको नरसंहारको योजना बनाउनमा संलग्न थिए र प्याराग्लाइडरहरूमा इजरायलमा घुसपैठ गर्ने र ड्रोन आक्रमण गर्ने आतंककारीहरूलाई आदेश उनैले दिएका थिए ।’

सार्कका नयाँ महासचिव सरवरले सम्हाले कार्यभार
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन् । सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उनले गत मङ्गलबारदेखि कार्यभार सम्हालेको सार्क सचिवालयले आज जनाएको छ ।

नवनियुक्त महासचिव सार्कको १५औँ महासचिव हुन्। उनी बङ्गलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुन् । सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेको महासचिव सरवरले मलेसिया, ओमन, स्वीडेनमा बङ्गलादेशी राजदूतका रूपमा सेवा गरिसकेका छन् । उनले क्वालालम्पुर, काठमाडौँ, याङ्गुन र वाशिङ्टन डिसीमा पनि बङ्गलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसकेका छन् ।

सन् १९६६ मा जन्मिएका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ७ : ५८ बजे

तेस्रो युएसएड यात्रा कोहलपुरमा

बाँके – नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी

राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार : शङ्कर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले

अभिनयमा फर्किंदै तीन अभिनेत्री

काठमाडौं – केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः

बागलुङमा पहिलो पटक भेटियो कालाजार

बागलुङ – बागलुङमा पहिरोपटक कालाजारको संक्रमण पुष्टी भएको छ ।

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

गाजा – इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा सन् २०२३