सरकार र राजनीतिक दलप्रति जनताको विश्वास घटेको छैन : देउवा « Khabarhub

सरकार र राजनीतिक दलप्रति जनताको विश्वास घटेको छैन : देउवा


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

शनिबार पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा उहाले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई सकारात्मक रुपमा लिएको बताएका हुन् । उनले राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास नघटेको दाबी गरे । देउवाले पार्टीभित्र फरक मत हुन सक्ने भन्दै यसलाई व्यवस्थापन गरिरहेको बताए ।

त्यस्तै नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिगतमा मुलुक अप्ठेरोमा भएका बेला दल हातेमालो गर्दै अगाडि बढेको भन्दै अवको चूनौतिलाई समाधान गर्न पनि दलहरु एक हुनुपर्ने बताए । मुलप्रवाहका राजनीतिक दलहरुले बाटो बिराए जनताले खवरदारी गर्न सक्ने भएकाले बिचलित नभइ इमान्दारीका साथ देशप्रति समर्पित गर्नुपर्ने उनले बताए ।

चियापान कार्यक्रममा रास्वपाका सभापति रवि लामिछानेले दलबीच सद्भाव बाँड्ने परम्पराका रुपमा चियापान कार्यक्रमलाई लिनुपर्ने जिकिर गरे ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ८ : ५५ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका