सरकार र राजनीतिक दलप्रति जनताको विश्वास घटेको छैन : देउवा « Khabarhub

सरकार र राजनीतिक दलप्रति जनताको विश्वास घटेको छैन : देउवा


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

शनिबार पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा उहाले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई सकारात्मक रुपमा लिएको बताएका हुन् । उनले राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास नघटेको दाबी गरे । देउवाले पार्टीभित्र फरक मत हुन सक्ने भन्दै यसलाई व्यवस्थापन गरिरहेको बताए ।

त्यस्तै नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिगतमा मुलुक अप्ठेरोमा भएका बेला दल हातेमालो गर्दै अगाडि बढेको भन्दै अवको चूनौतिलाई समाधान गर्न पनि दलहरु एक हुनुपर्ने बताए । मुलप्रवाहका राजनीतिक दलहरुले बाटो बिराए जनताले खवरदारी गर्न सक्ने भएकाले बिचलित नभइ इमान्दारीका साथ देशप्रति समर्पित गर्नुपर्ने उनले बताए ।

चियापान कार्यक्रममा रास्वपाका सभापति रवि लामिछानेले दलबीच सद्भाव बाँड्ने परम्पराका रुपमा चियापान कार्यक्रमलाई लिनुपर्ने जिकिर गरे ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ८ : ५५ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर