शरीरमा देखिने निलो डाम के हो ? « Khabarhub

शरीरमा देखिने निलो डाम के हो ?


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.8k
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहीँ राति राम्रै सुतेको बेलामा बिहान उठ्दा शरीरमा कालो वा गाढा निलो डाम देखिने गर्छ । यो कसरी हुन्छ भन्ने सबैलाई आश्चर्य लाग्न सक्छ ।

साधारणतया यस्तो डामलाई ‘बोक्सी’ले टोकेको भन्ने परम्परागत विश्वास रहेको पाइन्छ । तर, विशेषज्ञहरू भने शरीरमा देखिने यस्ता दाग वा निल डाम आन्तरिक रक्तस्रावका कारण हुने बताउँछन् ।

शरीरको छालको कुनै भागमा चोट लाग्दा रक्त नलिमा क्षति पुग्न जान्छ । जसका कारण सम्बन्धित ठाउँमा रगत जमेर छालामा निलो डाम देखिने गर्छ ।

यस्तो डाम आन्तरिक रक्तस्रावका कारण हुने चिकित्सकहरू बताउँछन् । आन्तरिक रक्तस्राव हुने कारण शरीरमा प्लेटलेट्सका कारण हुने गर्दछ ।

एउटा स्वस्थ व्यक्तिको शरीरमा डेढ लाख देखि ४ लाखको हाराहारीमा प्लेटलेट्स हुने गर्दछ । यदि कुनै व्यक्तिको शरीरमा प्लेटलेट्को संख्या ४० हजार भन्दा कम रहेको अवस्थामा उक्त व्यक्तिमा गम्भीर समस्या उत्पन्न हुने खतरा बढेर जाने गर्दछ ।

विशेष गरी, ३० हजार भन्दा कमको सङ्ख्यामा प्लेटलेट्स हुने व्यक्तिलाई हात, खुट्टाका साथै मस्तिष्क, पेट लगायतको भागबाट समेत आन्तरिक रक्तस्राव हुने सम्भावना अधिक हुने गर्दछ । यस्ता व्यक्तिलाई औषधीद्वारा प्लेटलेट्स बढाउने वा प्लेटलेट्स चढाउन सकिन्छ ।

यस्तो समस्याबाट बच्न  शरीरमा चोटपटक लाग्न नदिने, धारिलो हतियारको प्रयोग नगर्ने लगायत विशेष सावधानी अपनाउन जरुरी छ । 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : ०९ बजे

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक