भुटानी शरणार्थी प्रकरण : पुनरावलोकन निवेदनमा आज टोपबहादुरका वकिलले बहस गर्दै « Khabarhub

भुटानी शरणार्थी प्रकरण : पुनरावलोकन निवेदनमा आज टोपबहादुरका वकिलले बहस गर्दै


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा आज पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका कानुन व्यवसायीले बहस गर्दैछन् ।

काठमाडौँ जिल्ला अदालतले सुनाएको आदेशविरुद्ध गत मंगलबारदेखि उच्च अदालत पाटनमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा जारी सुनुवाइमा निवेदकतर्फका कानुन व्यवसायीले बहस गरिरहेका छन् ।

हिजो पूर्वगृहमन्त्री बालकृष्ण खाँणका कानुन व्यवसायीले बहस सकेपछि आज पूर्वउपप्रधानमन्त्री रायमाझीका कानुन व्यवसायीले बहस थालेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले गत असार १ गते थुनछेक आदेश सुनाउँदै रायमाझीसहित १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। प्रतिवादीमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी अभियोग छ ।

ठगी प्रकरणका अभियुक्त सबैले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा गत साउन १२ गते  पुनरावेदन निवेदन दिएका थिए।

राज्य संयन्त्रको साख र शक्ति उपयोग गर्दै सर्वसाधारणलाई नक्कली भुटानी शरणार्थी बनाउने तथा त्यही आधारमा अमेरिका पठाइदिने भनेर गृह मन्त्रालय मातहतबाट अघि बढेको यो गिरोहमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई दोषी ठहर भएका छन् ।

यस्तै, नरेन्द्र केसी, रामशरण केसी, पूर्वसांसद आङटावा शेर्पा, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, मोरङका केशवप्रसाद दुलाल, ललितपुरका सानु भण्डारी, दाङका सन्देश शर्मा, मोरङका सागर राई, अर्घाखाँचीका शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजाल यस प्रकरणमा संलग्न देखिएका छन् ।

यो गिरोहमा जोडिएका डा. इन्द्रजितका छोरा प्रतीक थापा, रामबहादुर थापाका छोरा प्रतीकसहित १५ जना आरोपी अझै फरारकाे सूचीमा छन् ।   

 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ११ : ४३ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात