एमाले अध्यक्ष ओली आज धनगढी जाँदै « Khabarhub

एमाले अध्यक्ष ओली आज धनगढी जाँदै


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कैलालीको धनगढी जाँदै छन् ।

बिहीबारबाट सुरु हुने एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग पदयात्राको उद्घाटनका लागि उनी आज अपराह्न ४ बजे बुद्ध एयरको विमान मार्फत धनगढी जान लागेका हुन् ।

ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू पनि त्यस तर्फ जाने कार्यक्रम रहेको छ ।

एमालेले १४ गते बिहान बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्नेछ । झुलाघाट–चिवाभञ्ज्याङ (पाँचथर) यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन् ।

ओलीसहितका नेताहरु भोलि बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।  बिहीबार बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट करिब ८ सय ८० किलोमिटर लामो पदयात्रा अभियान उद्घाटन गर्नेछन् । एमालेले सो यात्रालाई समृद्धिको यात्रा भनेको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १२ : ३० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म