तनहुँमा लम्पी स्किनबाट पीडित किसानलाई राहत हस्तान्तरण « Khabarhub

तनहुँमा लम्पी स्किनबाट पीडित किसानलाई राहत हस्तान्तरण


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दमौली- तनहुँको म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ ।

गत आर्थिक वर्षमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगबाट पशु मरेका किसानलाई राहतस्वरुप प्रति पशु रु दश हजारका दरले राहत वितरण गरिएको हो । व्यवसाय पुनःस्थापन सहयोग कार्यक्रमअन्तर्गत ३१ जना किसानलाई ३५ पशुको प्रति पशु रु दश हजारका दरले सहयोग प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार सातवटै वडाका किसानलाई गरी कूल रु तीन लाख ५० हजार राहत प्रदान गरिएको छ ।

लम्पी स्किन रोगबाट ४० चौपायाको मृत्यु भएकामा बीमा नगरिएका ३५ पशुको राहत रकम प्रदान गरिएको अधिकारीले बताए । उनले भने, “गत वर्ष महामारीका रुपमा फैलिएको लम्पी रोगका कारण सात वटै वडाका किसान प्रभावित भएका थिए । गाउँपालिकाभर ४० गाई, गोरु, भैँसी, राँगा मरेका थिए । त्यसमध्ये पाँच वटा पशुको बीमा गरिएको थियो । बीमा नगरेकालाई गाउँपालिकाले राहतस्वरुप केही रकम सहयोग गरेको हो ।”

किसानलाई सोमबार गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा राहत रकम हस्तान्तरण गर्दै अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने, “लम्पी स्किनबाट देशभर पशु सङ्क्रमित भई मृत्युसमेत भयो । हाम्रो पालिकामा पनि उक्त रोगको सङ्क्रमण फैलियो । पशु मरेका किसानलाई केही राहत होस् भनेर व्यवसाय पुनःस्थापन कार्यक्रम ल्याएका हौँ ।”

गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहका अनुसार गाउँपालिकाका सातवटै वडामा लम्पी स्किनको सङ्क्रमण फैलिएको थियो । सङ्क्रमितमध्ये एक दशमलव ०९ प्रतिशत पशु मरेका थिए । उनका अनुसार गाउँपालिकाले लम्पी स्किनविरुद्ध दुई हजार गाईभैँसीलाई उक्त खोप लगाइसकेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १ : ५० बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति