चीनले विदेशी कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिको रक्षा गर्ने चिनियाँ राष्ट्रपति सीको भनाइ « Khabarhub

चीनले विदेशी कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिको रक्षा गर्ने चिनियाँ राष्ट्रपति सीको भनाइ


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिका लागि व्यापक सुरक्षाको आदेश दिएको सरकारी मिडियाले मङ्गलबार बताएको छ ।

बेइजिङले कठोर कारवाही र बिरामी अर्थतन्त्रबाट प्रभावित विदेशी कम्पनीहरूलाई प्रलोभनमा पार्ने काम गरिरहेको बेला राष्ट्रपति सीको उक्त आदेश आएको हो ।

भू–राजनीति, जासुसी विरोधी कानुन, बहुराष्ट्रिय कम्पनीहरूमाथि छापा र घरेलु प्रतिस्पर्धीका लागि अनुकूल व्यवहारले मनोबलमा असर पारेको भन्दै चीनमा अमेरिकी र युरोपेली कम्पनीहरूले व्यापार गर्न पहिलाभन्दा धेरै नै कठिन भएको बताएका छन् ।

अब बेइजिङले विदेशी कम्पनीहरूलाई फिर्ता लाउने कोसिस गरिरहेको छ । यसै महिना एपीईसीका प्रमुख कार्यकारीहरूको शिखर सम्मेलनमा राष्ट्रपति सीले एक लिखित सम्बोधनमा कम्पनीहरूलाई लगानी गर्न निमन्त्रणा गर्दै ‘विदेशी कम्पनीहरूका लागि चीनमा लगानी र सञ्चालनलाई सहज बनाउनका लागि’ आनन्ददायी उपायको वाचा गरे ।

साथै मुलुकको शीर्ष निर्णय लिने निकाय चीनको कम्युनिष्ट पार्टी पोलिटब्यूरोको सोमबारको बैठकमा उहाँले चीनले विदेशी संस्थाहरूसँग ‘व्यापक, खुला र पारदर्शी’ कानुनी व्यवहार सुनिश्चित गर्नुपर्ने बताएको सरकारी प्रसारक सीसीटीभीले बताएको छ ।

“चीनको कानुनी प्रणालीले बौद्धिक सम्पत्ति अधिकारहरूको सुरक्षालाई बलियो बनाउनुपर्छ, साथै विदेशी उद्यमहरूको वैध अधिकार र हितको रक्षा गर्नुपर्छ”, उनले भने, “बेइजिङले बजार उन्मुख, कानूनी र अन्तर्राष्ट्रिय प्रथम श्रेणीको व्यापारिक वातावरण सिर्जना गर्नुपर्छ ।”

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  २ : ५३ बजे

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा