बाल संरक्षण मापदण्डको मस्यौदामाथि छलफल | Khabarhub Khabarhub

बाल संरक्षण मापदण्डको मस्यौदामाथि छलफल


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय बालअधिकार परिषद्ले बाल संरक्षण मापदण्ड २०८० को मस्यौदा तयार गरी छलफलमा ल्याएको छ ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सीजप) को सहकार्यमा आज परिषद्ले विज्ञ र सरोकारवालाबीच मस्यौदामा सुझाव लिएको हो । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ५७ बमोजिम विभिन्न क्षेत्रमा बालबालिकाविरुद्ध हुन सक्ने हिंसा र दुर्व्यवहार रोक्न उक्त मापदण्ड ल्याइएको परिषद्का सदस्यसचिव बमबहादुर बानियाँले जानकारी दिए ।

सो मापदण्ड सेवा प्रदायक, निजी क्षेत्र, कलकारखाना, उद्योग र विद्यालय लागू हुने सिजपका महासचिव तिलोत्तम पौडेलले बताए । सीजपका पूर्वअध्यक्ष राजेश शर्माले बालबालिकामाथि हुन सक्ने हिंसा र यौनदुर्व्यवहार, यातनालगायत अमानवीय क्रियाकलाप निरुत्साहन गरी उजुरी र कारबाहीको प्रक्रियाबारे मापडण्दमा प्रस्ताव गरिएकाले यसलाई पारित गरी कार्यान्वयन गर्न आग्रह गरे ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ३ : ०६ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको