अहिलेको संविधानमा सबैको कुरा अटाएको छ, यसलाई फेर्ने कुरा नगरौँ : नेता महर « Khabarhub

अहिलेको संविधानमा सबैको कुरा अटाएको छ, यसलाई फेर्ने कुरा नगरौँ : नेता महर


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको बताएका छन् । कांग्रेस रुपन्देही जिल्लाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले तत्कालीन अवस्थामा सम्झौता गरेर सबै राजनीतिक दलको साझा दस्तावेजका रूपमा संविधान आएकाले यसको सफल कार्यान्वयन नै अहिले प्राथमिक विषय भएको बताए ।

‘अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएका छन् । सबैका विचार अटाएका छन् । यो सबैको सम्झौताको दस्तावेज भएकाले अहिले तलमाथि गर्ने र आधारभूत विषय फेर्ने प्रयास गर्नुहुँदैन । त्यस्तो भयो भने फेरि देश दुर्घटनामा जान्छ । देश फेरि हिंसाको खाडलतर्फ जानसक्छ । यसतर्फ पनि कांग्रेसलगायत ठूला दल सजग बन्नुपर्छ,’ उनले भने ।

दुर्गा प्रसाईंमात्र वर्तमान परिवर्तनको बाधक नभएको टिप्पणी गर्दै नेता महरले जनतामा संविधानको अपनत्व लिन नसक्ने राजनीतिक दलहरू पनि दोषी हुन‍् कि भन्ने प्रश्न उठिरहेको बताए ।

‘संविधान निर्माण गर्ने, संविधान ल्याउन आन्दोलन गर्ने राजनीतिक दलका केही नेता संविधानमा व्यवस्था गरिएका प्रावधानको पक्षमा बोल्न र त्यसको संरक्षण गर्न नलागेको देखिन्छ’ उनले भने, ‘यी र यस्ता कमजोरीहरूलाई पनि हामीले सच्याउँदै अगाडि बढ्नुपर्छ ।’ उनले संवैधानिक रूपमा मुलुकलाई अगाडि बढाउन नेताहरू चुक्न नहुने टिप्पणी गरेका छन् ।

नेताहरू आफैँ संवैधानिक रूपमा अगाडि बढ्न नसके त्यसको असर मुलुकलाई पर्ने र जनतामा निराशा छाउने महरको भनाइ छ ।

‘नेपाली कांग्रेस र अन्य राजनीतिक दलहरूले गरेको संघर्षबाट प्राप्त संविधानलाई पूर्ण कार्यान्वयन गराउन हामी चुक्नु हुँदैन । संशोधन भन्ने कुरा आवश्यकता अनुसार भइनै रहन्छ। तर, यसको पूर्ण कार्यान्वयन नहुँदै अर्को विकल्प खोज्ने कुरा राम्रो होइन’ महरले भने ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ३ : ४५ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर