स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्छ : सामान्य प्रशासनमन्त्री अनिता देवी « Khabarhub

स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्छ : सामान्य प्रशासनमन्त्री अनिता देवी


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्ने बताएकी छिन् ।

सामान्य प्रशासन मन्त्रालय र कोशी प्रदेश मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित  ‘स्थानीय तहहरुको असल अभ्यास’ कार्यक्रममा सामान्य प्रशासनमन्त्रीले जनताका विकासका चाहना पूरा गर्न ठोस योजना बनाएर काम गर्नुपर्नेमा जोड दिइन् । उनले स्थानीय तहलाई नमूनाका रुपमा विकास गर्नुपर्ने बताइन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले  जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त सङ्घीयतालाई कार्यान्वयन गर्नेतर्फ सबै राजनीतिक दल  लाग्नुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सङ्घीय सरकारबाट  बजेट वितरणमा भेदभाव भएको गुनासो गरे । कार्यक्रममा प्रदेशका १४ जिल्लाका  स्थानीय तहका प्रमुखको उपस्थिति छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ४ : १२ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार