फिलिपिन्समा सरकार र कम्युनिस्ट विद्रोही शान्ति वार्ता गर्न सहमत « Khabarhub

फिलिपिन्समा सरकार र कम्युनिस्ट विद्रोही शान्ति वार्ता गर्न सहमत


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

मनिला- फिलिपिन्स सरकार र कम्युनिस्ट विद्रोहीहरू शान्ति वार्ता गर्न सहमत भएका छन् । सरकार र विद्रोहीहरु दशकौँ पुरानो द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता पुनः सुरु गर्न सहमत भएका हुन् ।

“सशस्त्र द्वन्द्वको सैद्धान्तिक तथा शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष सहमत भएका छन्”, नोभेम्बर २३ मा नर्वेको राजधानी ओस्लोमा हस्ताक्षरित दुवै पक्षद्वारा संयुक्त विज्ञप्तिमा भनिएको छ, “दुवै पक्ष गहिरो जरा गाडेको सामाजिक–आर्थिक र राजनीतिक गुनासोहरू स्वीकार गर्छन र शान्ति वार्ताका लागि प्राथमिकता निर्धारण गर्ने रूपरेखाका साथ आउन सहमत भएका छन् ।”

फिलिपिन्समा धनी–गरिब विभाजनका कारण सन् १९६९ मा सुरु भएको सशस्त्र द्वन्द्व विश्वव्यापी कम्युनिस्ट आन्दोलनबाट विकसित भएको हो । सन् १९८० को दशकमा आफ्नो चरम अवस्थामा कम्युनिस्ट समूहमा करिब २६ हजार लडाकु थिए ।

सेनाका अनुसार अब यो सङ्ख्या घटेर केही हजार मात्र भएको छ । सन् १९८६ देखि फिलिपिन्स प्रशासनले उसको नेदरल्यान्ड्सस्थित राजनीतिक शाखा एनडिएफको माध्यमबाट कम्युनिस्टहरूसँग लगातार शान्ति वार्ता गर्दै आएको छ । स्वघोषित समाजवादी पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेको सन् २०१६ को निर्वाचनले शान्ति वार्ताका लागि आशावादीको सन्देश लिएर आएको बताइएको छ ।

यद्यपि वार्तापछि धम्की र आरोप–प्रत्यारोपमा परिणत भयो । वार्ता भइरहेको बेला डुटर्टेले आधिकारिक रूपमा सन् २०१७ मा समूहलाई आतङ्कवादी सङ्गठन घोषणा गरे र उनीहरूमाथि प्रहरी तथा सैनिकको हत्या गरेको आरोप लगाएर वार्ता भङ्ग गरेका थिए । हालैका वर्षहरूमा सयौँ कम्युनिस्ट विद्रोहीले वित्तीय सहयोग र जीविकोपार्जनका अवसरहरूको बदलामा आत्मसमर्पण गरेको सरकारले दाबी गरेको छ ।

फिलिपिन्सका केही भागमा अहिले पनि घातक झडपहरू भइरहन्छन् । यो मुलुकको दक्षिणी क्षेत्र फिरौतीका लागि अपहरण गर्ने समूह र इस्लामिक पृथकतावादी आन्दोलनबाट पनि ग्रस्त छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ५ : ५१ बजे

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति

साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा

काठमाडौँ – सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार०का लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६

आज २०८३ साल साउन २५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६