प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठलाई बुझाए ज्ञापनपत्र | Khabarhub Khabarhub

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठलाई बुझाए ज्ञापनपत्र


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले संघीय सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

मंगलबार सिंहदरबारमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई भटेर उनीहरुले मुलुकमा प्रदेश सरकार गठन भएका लामो समय हुँदा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रहरी समायोजनको मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

प्रदेशमा प्रहरी समायोजन काम हुन नसक्दा प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन समस्या परेको उनीहरुको भनाइ छ । बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री गङ्गानारायण श्रेष्ठले अबिलम्व प्रहरी समायोजन गरि प्रदेश सरकार मातहत ल्याउन माग गरिएको जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले छिटो भन्दा छिटोे प्रक्रिया आरम्भ गर्ने प्रतिवद्धता जनाएको उनले बताए ।

 

 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ६ : २७ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका