केपी ओली कप क्रिकेटको सेमिफाइल समीकरण पूरा, पुलिस बाहिरियाे « Khabarhub

केपी ओली कप क्रिकेटको सेमिफाइल समीकरण पूरा, पुलिस बाहिरियाे


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

कास्की – केपी ओली कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आजको खेलपछि बागमती प्रदेश, एपीएफ क्लब, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन् ।

पोखरामा जारी प्रतियोगिताको समूह ए बाट बागमती, समूह बी बाट एपीएफ, समूह सी बाट मधेश र समूह डीबाट त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका हुन् ।

बागमती र आर्मीले समूह चरणका दुई खेल जित्दै सेमिफाइनलमा स्थान बनाउँदा समूह चरणमा एक खेल जितेको एपीएफ नेट रनरेटमा अगाडि रहँदै सेमिफाइनल पुगेको हो ।

समुह सीमा भने बलियो टिम नेपाल पुलिस क्लब समूह चरणबाटै बाहिरिन पुग्यो । मंगलबार पुलिस सुदूरपश्चिमसँग ४ विकेटले पराजित हुँदा नेट रनरेटका आधारमा मधेश सेमिफाइनलमा पुगेको हो ।

मंसिर १४ मा हुने सेमिफाइनलमा अब बागमतीले त्रिभुवन आर्मीसँग र एपीएफले मधेशसँग खेल्नेछन् । फाइनल खेल मंसिर १५ गते हुनेछ ।

 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ६ : ४५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको