खाणले न्याय पाउनेमा आशावादी छु : सभापति देउवा « Khabarhub

खाणले न्याय पाउनेमा आशावादी छु : सभापति देउवा


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

भैरहवा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन् । आज रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताए ।

भैरहवासमेत पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका कांग्रेस नेता खाणलाई फसाइएको आरोप कार्यकर्ताहरुले लगाएका थिए । “बालकृष्ण खाण यहाँको नेता हो, तपाईहरुले चुनेर पठाएको प्रतिनिधि पनि हो त्यसकारण तपाईहरुलाई चिन्ता लाग्नु स्वाभाविक कुरा हो ।” देउवाले भने “तर मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ ।”

अदालतमा विचाराधीन रहेको कारण बोल्ने नहुने बताउँदै देउवाले तर पनि आफूलाई उनले न्याय पाउने विश्वास लागेको बताए । देउवाले अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने पूर्वाधार नभएको कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताए ।

“अरुलाई दोष दिएर के गर्ने यहाँ चाहिने कुरा नै छैन, अध्यागमनलगायत कार्यालय छैन”, देउवाले भने, “काठमाडौँमा गएर त्यहाँका सम्बन्धितसँग कुरा गर्ने विश्वास दिलाउन चाहान्छु ।”

कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, दीपक गिरी, अब्दुल रज्जाक, भरतकुमार शाह, देवेन्द्र कँडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायतले बोलेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : १२ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको