गर्भवती महिलाको हेलिकप्टरबाट उद्वार « Khabarhub

गर्भवती महिलाको हेलिकप्टरबाट उद्वार


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ ।

जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाकी ३५ वर्षीया रिना सार्कीलाई नेपाली सेनाको हेलिकप्टरको सहयोगले उद्धार गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका मेडिकल अधिकृत प्रदीप श्रीवालले जानकारी दिए ।

गर्भवती महिलाको गर्भमै शिशु मृत भेटिएपछि आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो । गर्भवती सार्कीलाई मङ्गलबार दिउँसो थप उपचारका लागि हेलिकप्टरमार्फत थापाथली प्रसूति गृह काठमाडौँ पठाइएको अस्पताल मेडिकल अधिकृत श्रीवालले बताए ।

गर्भवती सार्कीको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । गर्भवती सार्कीको स्वास्थ्य अवस्था जटिल हुँदै गएका कारण थप उपचारका लागि हवाई उद्धार काठमाडौँ पठाइएको हो । गर्भवती सार्कीको अत्यधिक रक्तश्राव र उच्च रक्तचापसमेत देखिएको मेडिकल अधिकृत श्रीवालले बताए ।

सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरेको छ ।

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो बेथा लाग्दा पनि शिशु जन्माउन कठिनाइ भएको, गर्भमा नै शिशुको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तश्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ ।

सङ्खुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म एक दर्जन बढी सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ८ : १५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको