फागुनसम्म रोकियो खरिदारको सरुवा « Khabarhub

फागुनसम्म रोकियो खरिदारको सरुवा


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात खरिदार वा सोसरहका कर्मचारीको सरुवा फागुन मसान्तसम्मका लागि रोकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा सबै निकायलाई परिपत्र गर्दै आगामी फागुन मसान्तसम्मको लागि स्थगित गरिएको जानकारी गराउँदै कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

लोक सेवा आयोगको वार्षिक कार्यतालिकाअनुसार राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सोसरहको पदमा विज्ञापन प्रकाशित हुने (खुला प्रतिस्पर्धा तथा बढुवा)समयको तत्काल अगाडि लामो समयदेखि सुगम स्थानमा रही कामकाज गरिरहेका कर्मचारी बढुवा प्रयोजनको लागि मात्र दुर्गम स्थानका निकायमा सरुवा भई जाने क्रम देखिएको भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ ।

यसरी बढुवा सूचना प्रकाशित हुनुभन्दा तत्काल अगाडि राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सोसरहको पदको सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा बसी सेवा गरिआएका कर्मचारीलाई बढुवा प्रयोजनार्थ मर्का पर्ने भन्दै विभिन्न सरोकारवाला पक्षबाट गुनासो आएको भन्दै राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सोसरहको पदको कुनै पनि निकायमा सरुवा र पदस्थापन गर्ने तथा सरुवा सहमति प्रदान गर्ने कार्य मन्त्रालयले स्थगित गरेको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ८ : २२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको