अग्रता जोगाउँन नसक्दा काठमाडौंसँग बराबरीमा रोकियो चितवन « Khabarhub

अग्रता जोगाउँन नसक्दा काठमाडौंसँग बराबरीमा रोकियो चितवन


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनले काठमाडौं रेजर्ससँग बराबरी खेलेको छ । आज दशरथ रंगशालामा चितवनले काठमाडौंसँग १-१ गोलको बराबरी खेलेको हो । खेलको अन्तिम समयमा प्राप्त अग्रतालाई जोगाउन नसक्दा चितवनले काठमाडौंसँग अंक बाँडेको हो ।

खेल सकिन ३ मिनेट अघि कोमिलोव तोजिदिनोवको आत्मघाति गोलमा चितवनले खेलमा अग्रता लिएको थियो । चितवनका फरवार्ड बिमल घर्तिमगरको क्रसलाई क्लियर गर्ने क्रममा तोजिदिनोवले आत्मघाति गोल गर्न पुगेका थिए ।

तर इन्जुरी समयमा जुनियर ओग्नगुइन एनकेग्युले डिबक्स लाइनबाट सुन्दर गोल गर्दै काठमाडौंलाई अंक दिलाउन सफल रहे । प्राप्त अंकले काठमाडौंलाई अंक तालिकामा अग्रता लिने अवसर मिलेको छ । काठमाडौंको २ खेलबाट ४ अंक भएको छ । चितवनले लिग तालिकामा एक अंक जोडेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ८ : ३९ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा