आफ्नै देशबाट देश निकाला हुनबाट जोगिए पाकिस्तानी नागरिक « Khabarhub

आफ्नै देशबाट देश निकाला हुनबाट जोगिए पाकिस्तानी नागरिक


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानले गत नोभेम्बर १ देखि अफगान शरणार्थीहरुलाई देश निकाला गर्दै आएको छ । यही क्रममा पाकिस्तानी अधिकारीहरुले झण्डै आफ्नै नागरिकलाई देश निकाला गरी अफगानिस्तान पठाएको पाइएको छ ।

पाकिस्तानी अखबार डनले जनाएअनुसार अधिकारीहरुले अफगान नागरिक भएको आशंकामा ७ जना पाकिस्तानी नागरिकलाई अफगानिस्तान पठाउन लागेका थिए । यद्यपि पछि उनीहरुको सक्कली पहिचान खुलेपछि भने उनीहरु देश निकाला हुनबाट जोगिएका थिए ।

आफ्नो सक्कली पहिचान प्रस्तुत गर्न असफल भएपछि उनीहरुलाई पाकिस्तानको पञ्जाब प्रान्तबाट पक्राउ गरिएको थियो । पञ्जाबी वा उर्दू भाषा बोल्न नजानेपछि पाकिस्तानी अधिकारीले उनीहरुलाई अफगान शरणार्थी ठानेका थिए ।

त्यसपछि पाकिस्तानी अधिकारीहरुले उनीहरुलाई विदेशी नागरिक ऐन १९४६ को धारा १४ बमोजिम गिरफ्तार गरेको डनले जनाएको छ । यद्यपि राष्ट्रिय पञ्जीकरण अभिलेखमा उनीहरुको नाम पाइएपछि उनीहरुलाई छाडिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १२ : २० बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई