आफ्नै देशबाट देश निकाला हुनबाट जोगिए पाकिस्तानी नागरिक « Khabarhub

आफ्नै देशबाट देश निकाला हुनबाट जोगिए पाकिस्तानी नागरिक


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानले गत नोभेम्बर १ देखि अफगान शरणार्थीहरुलाई देश निकाला गर्दै आएको छ । यही क्रममा पाकिस्तानी अधिकारीहरुले झण्डै आफ्नै नागरिकलाई देश निकाला गरी अफगानिस्तान पठाएको पाइएको छ ।

पाकिस्तानी अखबार डनले जनाएअनुसार अधिकारीहरुले अफगान नागरिक भएको आशंकामा ७ जना पाकिस्तानी नागरिकलाई अफगानिस्तान पठाउन लागेका थिए । यद्यपि पछि उनीहरुको सक्कली पहिचान खुलेपछि भने उनीहरु देश निकाला हुनबाट जोगिएका थिए ।

आफ्नो सक्कली पहिचान प्रस्तुत गर्न असफल भएपछि उनीहरुलाई पाकिस्तानको पञ्जाब प्रान्तबाट पक्राउ गरिएको थियो । पञ्जाबी वा उर्दू भाषा बोल्न नजानेपछि पाकिस्तानी अधिकारीले उनीहरुलाई अफगान शरणार्थी ठानेका थिए ।

त्यसपछि पाकिस्तानी अधिकारीहरुले उनीहरुलाई विदेशी नागरिक ऐन १९४६ को धारा १४ बमोजिम गिरफ्तार गरेको डनले जनाएको छ । यद्यपि राष्ट्रिय पञ्जीकरण अभिलेखमा उनीहरुको नाम पाइएपछि उनीहरुलाई छाडिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १२ : २० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार