चिनेको भन्दा किनेको पक्का | Khabarhub Khabarhub

चिनेको भन्दा किनेको पक्का

लाज पचेको राजनीति, मुसाको कथा र मूर्खको धन



एउटा मुसाले हिरा निलेछ। हिरा मालिकले सिद्धहस्त शिकारीलाई त्यो मुसा खोजेर मार्ने कामको जिम्मा दिएछ। शिकारी मुसाको खोजीमा जाँदा उसले देख्यो- मुसा हजारौंको झुण्ड बनाएर बसेका थिए। तर त्यही झुण्डबाट छुट्टिएर एउटा मुसा अलग्गै बसेको थियो।

शिकारीले हिरा निलेको ठोकुवा गर्दै अलग्ग बसेको मुसालाई च्याप्प समात्यो। यो देखेर अचम्मित हुँदै हिरा मालिकले सोधेछ- ‘यत्रा हजारौं मुसाको भीडमा तिमीले यही मुसाले हिरा निलेको भनेर कसरी चिन्यौ ?’

शिकारीले जवाफ दियो – ‘जब मूर्ख धनबान बन्छ, उ यसरी फुल्छ कि अरुसँगको मेलमिलाप नै छोडिदिन्छ।’

अहिले हाम्रा नेताहरुको नियति पनि त्यही एक्ले मुसाको जस्तै छ। अपवाद छाडेर राजनीति नामको उद्योगमा लाग्नेको भलो भएको छ। त्यसमाथि हातमा दाम हुनेहरु नै राजनीतिका ‘डन’ हुने निर्वाचन प्रणालीका कारण आर्थिक उन्नतिको फास्टट्रयाकमा सबैको सक्रियता र चासो बढेको हो।

हिरा मालिकले सोधेछ- ‘यत्रा हजारौं मुसाको भीडमा तिमीले यही मुसाले हिरा निलेको भनेर कसरी चिन्यौ ?’ शिकारीले जवाफ दियो – ‘जब मूर्ख धनबान बन्छ, उ यसरी फुल्छ कि अरुसँगको मेलमिलाप नै छोडिदिन्छ।’

हिङदेखि हिरा व्यापारीसम्म राजनीतिक महत्वाकांक्षा चुलिनुको कारण पनि यही हो। नेता आफैंमा गलत होइनन्। गलत त यस्ता विरुवा उत्पादन गर्ने नर्सरी हो। दीपक मनाङे, रोज राणा त कास्टिङ मात्र हुन, अब आधा दशकभित्र मुलुकको केन्द्रीय राजनीतिमा यस्तै पात्रहरुको बहुमत हुने निश्चित छ। जेलबाट अपराधीहरु सिधै संसद पसेको दृश्य स्वाभाविक मानिने छ।

दसैँको टीका लगाउँदा समाजका भ्रष्ट पात्रको उदाहरण दिएर आफ्नो स्वधर्ममा कहिल्यै सम्झौता नगरेको छोरालाई अनैतिक काम गर्न उक्साउने जन्मदाता यो देशमा कति छन् ? सर्वोच्च अदालतका निष्ठावान र इमान्दार पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानको इतिहास घोकाएर आफ्नो सन्तानलाई राजहाँस बन्न सल्लाह दिने कति बाउका संकल्प अहिले धर्मराएका छन ? भगवान शिव, राम, हरि, सीताजस्ता सतचरित्रवान देवताको नाम राखेर सन्तानको अनुहारमा त्यस्तै पराक्रम खोज्ने कतिका अभिभावक फाटेको टोपीले पसिना पुछ्दै सपनाको खाडलबाट निस्कने प्रयास गर्दै होलान ?

भगवान रामचन्द्रको रामराज्य यस्तो विधिमा चलेको थियो कि अपराधी आफैं सरासर जेल जान्थ्यो। शिरमा एउटा रौं फुल्यो भने बाउले छोरालाई गद्दी हस्तान्तरण गथ्र्यो। यताका रामचन्द्रले चलाएको राज्य यस्तो अनौठो परिदियो कि आठ दशकको घेरो समात्दा पनि उनलाई लोभले छोडेको छैन। मुक्तिनाथ दाहालले पुष्पजस्तै सुकोमल ठानेर छोराको न्वारान गरिदिए। तर मान्छे मार्ने निर्मम कामको नेतृत्व लिएर उनी प्रचण्ड बने।

जो मानिस जुन समयमा जन्मिन्छ, त्यो नै उसको समय हो। यदि समय बलवानले ठेक्कामा लिन सक्ने भइदिएको भए महाभारत, वेद, पुराण, रामायण लेख्ने ती कलमबाजले किन पो यो संसार छोड्न मान्थे होला र ?

हाम्रा नेताहरु सर्पको मुखमा परेको भ्यागुतो जस्ता छन्, जो कालको मुखमा पुग्दा पनि किरा फट्याङ्ग्रा भोजन गर्न चुक्दैन। समय यस्तो शक्तिशाली वस्तु हो, जसले सत्यबाहेक संसारका सबैथोक पखालेर लैजान्छ। जो मानिस जुन समयमा जन्मिन्छ, त्यो नै उसको समय हो। यदि समय बलवानले ठेक्कामा लिन सक्ने भइदिएको भए महाभारत, वेद, पुराण, रामायण लेख्ने ती कलमबाजले किन पो यो संसार छोड्न मान्थे होलान र ?

मानिसको जिन्दगीलाई दुईदिने त्यसै भनिएको होइन। एकदिन अनुकूल, अर्को दिन प्रतिकूल हुन्छ। अनुकूलमा जमिन नछोड्नु र प्रतिकूलमा धैर्य नगुमाउनु त्यसको मूल मर्म हो। जबसम्म पाप पाक्दैन, तबसम्म जताततै हरियाली छाउँछ। आफूलाई मैमत्त शक्तिशाली लाग्छ। समयको चक्र जब अर्को गतिबाट चल्छ नि, त्यसबेला अक्करेभीरको यात्रा पनि फिक्का लाग्छ। यो कसैलाई सोधेर आउँदैन। न भीसा, पासपोर्टकै दरकार पर्छ।

हरेक मानिसको फल्ने, फुल्ने, झाँगिने एउटा आयतन हुन्छ। वीरबल बुद्धिमानी थिए, तर बुद्धिको आडमा राजा बन्न सकेनन्। राजा हुने बाटो त तिनै मूर्ख भनिएका अकबरले समातेका थिए। पदमा बस्दा हेक्का राख्नुस्– तपाईंसँग ल्याण्डरोभर होस या साइकल, आखिर कुदाउने बाटो उही हो। पिलपिले घडी लाउनुस या रोलेक्स– समय उही छ। मोबाइल जतिसुकै दामी बोक्नुस न, फोन गर्ने व्यक्ति फेरिने होइन क्यारे। तपाईं जहाजको इकोनोमी क्लासमा यात्रा गर्नुस या बिजनेस– गन्तव्य पुग्ने समय उही नै हो।

हाम्रा नेताहरु सर्पको मुखमा परेको भ्यागुतो जस्ता छन्, जो कालको मुखमा पुग्दा पनि किरा फट्याङ्ग्रा भोजन गर्न चुक्दैन। समय यस्तो शक्तिशाली वस्तु हो, जसले सत्यबाहेक संसारका सबैथोक पखालेर लैजान्छ।

सरकार चलाउनेहरुले नेपालमा बारम्बार दुई वटा कामको अभ्यास गर्छन्– एउटा निर्देशन दिने र अर्को निरन्तर बैठक बस्ने। निर्देशन दिनेले दिन्छ, सुन्नेले सुन्छ। न निर्देशन दिनेलाई दिएको निर्देशन पालना भए नभएको खोज्ने फुर्सद छ, न निर्देशन पाउनेले पालना गर्नुपर्छ भन्ने बाध्यता नै छ। यो क्रम दशकौं देखि संस्कृतिका रुपमा विकास भइरहेको छ। मुलुक आइफोन पुस्तामा पुग्दा पनि जंगबहादुरले बनाएको मुलुकी ऐन कानुनको मेरुदण्ड भएर उपस्थित छ।

जिब्रोमा अंग्रेजी झुण्डिएर के गर्नु, कालो बिरालोले बाटो काटेका नाममा स्वस्ति शान्ति गराउने झन् बढेका छन्। चलनका नाममा साउन महिनामा कपाल नकाट्ने, साउने पानी छल्न बुहारी माइत कुद्ने क्रम रोकिएको छैन। मंगलबार र शुक्रबार अशुभ हुन्छ भनेर घरको चोटा नकाट्नेहरु नछाँटिदा हवाइजहाज कम्पनीहरुले सहुलियत टिकटको उर्दी लाउनु परेको छ। त्यसैले संसारमा कसैले नगरेको नयाँ काम गर्छु भनेर उचालिनुको कुनै तुक छैन।

हेर्नुस त नेपालमा १० वर्षमा १५ सरकार फेरिए। ती सबैको पहिलो कर्तव्य काम नभएर निर्देशन दिने हो। पद बहाल हुँदा निर्देशन, निस्कँदा टीभीबाट जनताका नाममा सम्बोधन। अनि पदमा जाँदा उत्साह, झर्दा विलाप। कुर्सी पाउँदा जनता र लोकतन्त्रको सम्मान, कुर्सी खोसिँदा जनताको अधिकारमा कुठाराघात।

मानिसको जिन्दगीलाई दुईदिने त्यसै भनिएको होइन। एकदिन अनुकूल, अर्को दिन प्रतिकूल हुन्छ। अनुकूलमा जमिन नछोड्नु र प्रतिकूलमा धैर्य नगुमाउनु त्यसको मूल मर्म हो।

राजनीतिमा पात्र फेरिए पनि प्रवृत्ति नफेरिएका उदाहरण हुन यी। राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट हुन्छ। त्यहाँबाट प्रधानमन्त्रीले बोकेर फर्किने कोसेली भनेको फगत निर्देशन हो। राष्ट्रपति–प्रधानमन्त्री, प्रधानमन्त्री–मन्त्री, मन्त्री–सचिव, सचिवले सहसचिव बोलाएर कामको नभएर निर्देशनको सरुवा, बढुवा गरिन्छ।

त्यो भन्दा मुनि हजारौंको संख्यामा रहेका सरकारी अधिकारी, कार्यालय सहयोगी, चालक अनि मालीसम्मलाई निजामती ऐनले ट्रेड युनियनको राजनीतिक अधिकार दिएको छ। त्यो शक्तिलाई कसैको निर्देशन मान्नुपर्ने बाध्यता छैन। बरु उस्तै परे मन्त्री र सचिव पँजनीको हैसियत बोकेर उनीहरु बसेका छन्।

मन्त्रीहरुको साँचो सल्लाहकारको भूमिका तिनै खरिदार, मुखियाले निभाइरहेका हुन्छन्। स्वकीय सचिवको जिम्मेवारी चालक र घरमा भात पकाउने भान्सेले धानिरहेका हुन्छन्। ठूला मानिसका घरको फूल गोड्ने माली पनि करोडौं डिलमा व्यस्त हुन्छन्। एक लिटर पेट्रोल सित्तै पाउन ग्राहक खोज्नेहरु शक्तिकेन्द्रको निकट पुग्नासाथ रातारात आयल निगम निजीकरण गर्ने तानाबाना बुन्न थाल्छन्।

जनप्रतिनिधिको चयनपछि यो क्रम वडासम्म पुगेको छ। यदि यस्तो नुहुँदो हो त राजनीति र अपराध उहिल्यै छुट्टिनु पर्थ्यो।

राजनीतिक नेतृत्व भन्छ- स्थानीय तहको चुनावपछि सिंहदरबारको अधिकार गाउँ पुग्यो। तर सिंहदरबारभित्रको कर्मचारीतन्त्र भन्छ– हामी गाउँको सिंहदरबार चिन्दैनौं। यहाँ काम हैन, निर्देशन र बैठक यति प्रभावकारी हुने गरेका छन् कि तिनीहरुले तल्लो तहसम्म दर्जनौं निर्देशन र बैठकको आमन्त्रण गर्छन्। यदि निर्देशन पालना गर्न बैठक बस्यो भने त्यसले समस्याका यस्ता पहाड खडा गर्दिन्छ आखिर एजेण्डा नै अलपत्र पर्छ।

पदमा बस्दा हेक्का राख्नुस्- तपाईंसँग ल्याण्डरोभर होस या साइकल, आखिर कुदाउने बाटो उही हो। पिलपिले घडी लाउनुस या रोलेक्स- समय उही छ। मोबाइल जतिसुकै दामी बोक्नुस न, फोन गर्ने व्यक्ति फेरिने होइन क्यारे। तपाईं जहाजको इकोनोमी क्लासमा यात्रा गर्नुस या बिजनेस- गन्तव्य पुग्ने समय उही नै हो।

त्यसो त बैठक र निर्देशन पालना नहुनुको कारण खोज्ने बैठक बस्ने आँट कसैले गर्दैन। मुलुकका ५ दर्जन बढी ठाउँमा प्रधानमन्त्री पदेन रहने व्यवस्था छ। ती सबै ठाउँमा प्रधानमन्त्रीले दिने भनेको अन्ततः निर्देशन नै हो। संसदका समितिले सरकारलाई दिएका निर्देशनको चाङले सरकार नै पुरिने स्थिति छ। विकास, सुशासन, कृषि, उद्योग, पर्यटन, सुरक्षाका नाममा सरकारी अधिकारीले दिने निर्देशन र बैठक त उल्लेख गरेर साध्य हुन्न।

चिनेको भन्दा किनेको प्रभावकारी हुनु देश ओरालो लाग्नु पछाडिको प्रमुख कारण हो। हरेक पद लिलाम बढाबढमा चढाइन्छ। जब लिलाममा उछिनेर गएको मानिसले पद पाउँछ भने त्यसले बनाइदिएको समृद्ध देशको नागरिक भएर बाँच्न पाउँला भन्ने सोच्नु नै गलत हो। अरु त अरु स्थायी सरकारका सारथि मुख्य सचिवको इतिहास हेर्नुस न, आफूले आफ्नै लागि आफ्नै हस्ताक्षरमा निर्णय गराएर फाइदाको पदमा उडान भर्ने कस्तो प्रवृत्ति ? लोकमानसिंह कार्की, भोजराज घिमिरे, लीलामणि पौडेल, सोमलाल सुवेदी, लोकदर्शन रेग्मी हुँदै शंकरदास बैरागीसम्म आइपुग्दा को भन्दा को कम देखिए ?

मुख्य सचिवको इतिहास हेर्नुस न, आफूले आफ्नै लागि आफ्नै हस्ताक्षरमा निर्णय गराएर फाइदाको पदमा उडान भर्ने कस्तो प्रवृत्ति ? लोकमानसिंह कार्की, भोजराज घिमिरे, लीलामणि पौडेल, सोमलाल सुवेदी, लोकदर्शन रेग्मी हुँदै शंकरदास बैरागीसम्म आइपुग्दा को भन्दा को कम देखिए ?

हेर्नुस त मान्छेको चाहना उड्न पाए हुन्थ्यो तर चराको चाहना आफ्नै घर भए हुन्थ्यो। फरक यत्ति हो। प्लम्बर जतिसुकै दक्ष भएपनि आँखाबाट झरेको आँसु रोक्न सक्ने तागत उसँग हुँदैन। अर्को सत्य मलामी र जन्ती हिँड्ने बाटो अलग हुन्न। मानिसजस्तै प्रकृतिका अन्य संरचना जीवजन्तुले पेटभर खान्छन्, भोलिको चिन्ता गर्दैनन्। मानिस मात्र त्यो प्राणी हो, उ सन्तान दर सन्तानको अनन्त रहर मेटाउन लागि पर्छ। उस्तै परे गर्भमै नरहेको पुस्तासम्मको चिन्ता गर्छ। प्रकृतिको त्यही संरचना हो। तर खान नपाएर आजसम्म एउटा पशुपन्छी, वनस्पति मर्‍यो भन्ने खबर सुन्नुभएको छ ?

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ९ : ०२ बजे

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको

आजका समाचार : छानबिन समिति बनाउने सहमतिदेखी पानीमा डुबेर दुई युवाको मृत्युसम्म

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी सहकारी ठगी प्रकरणमा