बुटवलमा ‘नगर प्रमुख आमा सुरक्षा कार्यक्रम’ « Khabarhub

बुटवलमा ‘नगर प्रमुख आमा सुरक्षा कार्यक्रम’


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर, हरियाली र उज्यालो सहर बनाउन विभिन्न योजना अगाडि बढाइएका छन् ।

बुटवल उपमहानगरपालिकाको बुधबारदेखि सुरु नगर सभाको १४औँ अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख खेलराज पाण्डेले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै विभिन्न योजना अगाडि बढाएको बताए ।

उनले चालु आर्थिक वर्षमा मोतीपुर र बेलबासमा १५–१५ शय्याका अक्सिजन सुविधासहितका अस्पताल सञ्चालनमा ल्याउने, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा अस्पतालको स्तरोन्नति गर्ने र पारा मेडिकल तथा नर्सिङ विषयको कक्षा सञ्चालन हुने जानकारी दिए ।

उनले अस्पताल स्थापना र स्तरवृद्धिले स्वास्थ्य उपचारलाई स्तरीय बनाउने र सोही ठाउँमा आवश्यक जनशक्ति उत्पादन गर्दा रोजगारी सिर्जना हुने बताए ।

यस्तै सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाका लागि सबै खालको खर्च निःशुल्क गराउन ‘नगर प्रमुख आमा सुरक्षा कार्यक्रम’ सञ्चालनको तयारीमा रहेको उनको भनाइ छ ।

उनले नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही दुई हजारका दरले प्रदान गर्ने गरी  सुत्केरीलाई पोषण कार्यक्रम सञ्चालनमा रहेको बताए ।

बैठकमा प्रमुख पाण्डेयले १८ वर्षमुनिका एचआइभी सङ्क्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक तीन हजार दिने, स्तनपान गराउने आमाहरूका लागि दुग्धवर्धक जडिबुटी दिने, नगरवासीलाई जटिल रोगको उपचारमा जनही १७ हजार दिइने राहत अनुदान कार्यक्रम निरन्तर रहेको र थप सुविधा दिने गरी योजना बनाएको बताए ।

उनले शिक्षा क्षेत्रमा बुटवललाई सधैँ अग्रणी राख्नका लागि आवश्यकताअनुसार भौतिक पूर्वाधार र नयाँ कोर्षहरु सञ्चालनको तयारी भइरहेको जानकारी दिए ।

उनले नगरलाई हरियाली बनाउन मुख्य सडक र भित्री सडक तथा अन्य खुला क्षेत्रमा वृक्षरोपण तथा ४५ दिने सरसफाइ अभियान सञ्चालन गरी नगरलाई सफा राख्न बुटवलवासीलाई प्रोत्साहन गरिएको जस्ता उपलब्धि प्रस्तुत गरेका थिए ।

यस्तै, गृहिणी महिलालाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन भएको, युवा इलम र महिला उद्यमशीलता कार्यक्रम सञ्चालन भएको जनाउँदै नगर प्रमुख पाण्डेयले यसले महिला र युवालाई सीप र रोजगारसँग जोड्ने बताए ।

 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ९ : ०५ बजे

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी