चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर « Khabarhub

चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ ।

मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोबास गर्छन् । उनीहरु दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने गर्दछन् ।

स्थानीय शान्ति मुसहरले भनिन्, ‘जाडोमा न लगाउने न्यानो कपडा छ, न पेटभरि खाने अन्न । जाडो छल्न घाम लागेको समयमा घाम तथा अन्य समयमा आगो ताप्नुपर्ने बाध्यता छ ।’ ब्लकले बनाएको सानो घरमा न ढोका छ न त झ्याल ।

‘घरमा ओड्ने ओछ्याउने छैन, पराल ओछ्याएर सुतेका छौँ, श्रीमानले काम पाएका छैनन्, उनले भनिन्, ‘यो चिसोमा बिहान बेलुकाको छाक टार्न पनि मुस्किल भएको छ ।’

देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले मुसहर बस्तीमा लत्ताकपडा र खाद्यान्न तत्काल व्यवस्था गर्ने बताए । उनले भने, ‘केही लत्ताकपडा, खाद्यान्न नगरपालिकाको तर्फबाट तत्काल व्यवस्था गर्छौँ । ती समुदायको आर्थिकस्तर माथि उठान नगरपालिकाले विभिन्न कार्यक्रम कार्यान्वयन समेत गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ९ : ५१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार