चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर | Khabarhub Khabarhub

चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ ।

मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोबास गर्छन् । उनीहरु दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने गर्दछन् ।

स्थानीय शान्ति मुसहरले भनिन्, ‘जाडोमा न लगाउने न्यानो कपडा छ, न पेटभरि खाने अन्न । जाडो छल्न घाम लागेको समयमा घाम तथा अन्य समयमा आगो ताप्नुपर्ने बाध्यता छ ।’ ब्लकले बनाएको सानो घरमा न ढोका छ न त झ्याल ।

‘घरमा ओड्ने ओछ्याउने छैन, पराल ओछ्याएर सुतेका छौँ, श्रीमानले काम पाएका छैनन्, उनले भनिन्, ‘यो चिसोमा बिहान बेलुकाको छाक टार्न पनि मुस्किल भएको छ ।’

देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले मुसहर बस्तीमा लत्ताकपडा र खाद्यान्न तत्काल व्यवस्था गर्ने बताए । उनले भने, ‘केही लत्ताकपडा, खाद्यान्न नगरपालिकाको तर्फबाट तत्काल व्यवस्था गर्छौँ । ती समुदायको आर्थिकस्तर माथि उठान नगरपालिकाले विभिन्न कार्यक्रम कार्यान्वयन समेत गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ९ : ५१ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड