सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा, अधिकारका लागि सङ्घलाई दबाब दिने « Khabarhub

सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा, अधिकारका लागि सङ्घलाई दबाब दिने


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकका सातवटै प्रदेशका मुख्यमन्त्रीहरू आज बागमती प्रदेशको हेटौँडामा भेला भएका छन् ।

संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा देखिएका समस्या र त्यसको समाधानका लागि सङ्घलाई दबाब दिने उद्देश्यले भेलाको आयोजना गरिएको बताइएको छ ।

भेलामा सङ्घीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउने, जनशक्ति व्यवस्थापन र राष्ट्रिय तथ्याङ्कको एकीकृत अभिलेख प्रणाली विकास गर्ने, साझा सूचीमा रहेका अधिकारसम्बन्धी कानुन निर्माणमा सहकार्य गर्ने, प्रदेशले पाउने अधिकारलाई प्रत्यायोजन गर्ने लगायत विषयमा छलफल हुनेछ ।

यसअघि गत असारमा पोखरामा बसेको मुख्यमन्त्रीहरूको बैठकले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार ६ महिनाभित्र प्रत्यायोजन गरिसक्न माग गरेका थिए । तर यो अवधिमा संघ सरकारबाट आफ्ना मागको सुनुवाइ नभएको भन्दै मुख्यमन्त्रीहरू फेरि भेला भएका हुन् ।

मुख्यमन्त्रीहरूको भेलाले संघ र प्रदेशमा देखिएको असन्तुलन र समस्याका विषयमा छलफल गरी संविधान कार्यान्वयनका लागि आवश्यक सुझाव दिनेछ ।

भेलामा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानुन निर्माण प्रक्रिया, आर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुत हुनेछ ।

भोलिसम्म चल्ने भेलामा सातवटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घका पदाधिकारीहरूको सहभागिता रहेकाे छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  १० : २९ बजे

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश