इजरायलको गोलान हाइट्समा ड्रोन दुर्घटना « Khabarhub

इजरायलको गोलान हाइट्समा ड्रोन दुर्घटना


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायली सेनाले बिहीबार इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन दुर्घटना भएको जनाएको छ । 

आक्रमणको हमास लडाकूसमूहसँग सम्बन्ध रहेको इराकी सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार सिरियाबाट प्रक्षेपण गरिएको विस्फोटक पदार्थ बोकेको ड्रोन बुधबार साँझ एलियाड बस्तीको दक्षिणमा खसालिएको थियो । 

इरान समर्थक सशस्त्र समूहहरूको कमजोर समूह इस्लामिक रेजिस्टेन्स इन इराकले वक्तव्य जारी गर्दै एलियाडको दक्षिणमा रहेको ‘महत्वपूर्ण लक्ष्य’ मा ‘उपयुक्त हतियार’ प्रहार गरेको जनाएको छ ।

इजरायलले अक्टोबर ७ मा एक हजार १४० जनाको ज्यान जाने गरी भएको रक्तपातपूर्ण आक्रमणको बदलामा हमासलाई नष्ट गर्ने आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।

हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार इजरायलको बमबारी र स्थलआक्रमणमा परी कम्तीमा २१ हजार ११० जनाको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

गाजामा युद्ध सुरु भएदेखि इराकमा इस्लामिक रेजिस्टेन्सले इराक र सिरियामा अमेरिकी र अन्तर्राष्ट्रिय गठबन्धन सेनाविरुद्ध भएका थुप्रै आक्रमणको जिम्मेवारी लिएको छ ।

वासिङ्टनले अक्टोबर १७ यता इराक र सिरियामा आफ्ना सेनाविरुद्ध १०३ वटा आक्रमण गरेको अमेरिकी सेनाका एक अधिकारीले बताएका छन् ।

तीमध्ये अधिकांश आक्रमणको जिम्मेवारी इराकमा इस्लामिक रेजिस्टेन्सका समूहले लिएका छन् । उक्त समूहले हमासविरुद्धको युद्धमा इजरायललाई अमेरिकी समर्थनको विरोध गरेको छ ।

यस समूहले अहिलेसम्म इजरायली हितविरुद्ध प्रत्यक्ष आक्रमणको दाबी गरेको छ । इजरायलले सन् १९६७ को अरब-इजरायल युद्धमा सिरियाबाट गोलान हाइट्सको केही भाग जितेको थियो भने सन् १९८१ मा उक्त क्षेत्र कब्जा गरेको थियो । उक्त क्षेत्रमा युद्ध गरेका ती मुलुकबचि युद्धविराम गर्दै शान्तिका लागि सम्झौता गरेका थिए । यद्यपि, यो सम्झौतालाई संयुक्त राष्ट्रसङ्घले मान्यता दिएको छैन ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  १२ : २४ बजे

वाग्मती सफाइ महाअभियान ७०७औँ हप्तामा, उत्तर वाहिनी क्षेत्रमा सफाइ

काठमाडौँ- वाग्मती सफाइ महाअभियानको ७०७औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तर

किस्ट अस्पतालले मेदान्तासँगको सहकार्यमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने

ललितपुर- ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालले भारतको मेदान्ता अस्पतालसँगको सहकार्यमा नेपालमा

यमनको तट नजिक सशस्त्र समूहद्वारा कार्गो जहाज अपहरण

एजेन्सी-  यमनको दक्षिणी तट नजिक सशस्त्र आक्रमणकारीहरूले एक कार्गो जहाज अपहरण

जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गर्न पहल गर्छौँ : मन्त्री श्रेष्ठ

पर्वत- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक

चाडपर्व सकिएसँगै त्रिनगर नाकामा भारत फर्कनेको भीड

कैलाली – दसैँ–तिहारको रमझम सकिएसँगै कैलालीस्थित त्रिनगर–गौरीफन्टा नाकामा भारत फर्कने