‘हाम्रो जे भने नि तिमी’मा राजेश हमालको अभिनय « Khabarhub

‘हाम्रो जे भने नि तिमी’मा राजेश हमालको अभिनय


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महानायक राजेश हमालको अभिनय रहेको ‘हाम्रो जे भने नि तिमी’ बोलको गीतको भिडियो  सार्वजनिक भएको छ । डा.  रमिल अधिकारीको शब्द, ज्ञानेन्द्र गिरीको संगीत रहेको गीतमा गायक सुप्रिम मल्ल ठकुरी र गायिका ज्यास्परको स्वर छ ।

विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोले आफ्ना सन्तानलाई सब थोक ठान्ने बाबुको धेरै भन्दा धेरै मायालाई दर्साएको छ ।  एउटा परिवारमा बाबुको माया नै माया पाएर हुर्किएका दुई नाबालकको प्रेम र रमाइलोलाई देखाइएको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

भिडियोमा अभिनेता हमालको अलावा गायक गायिका सुप्रिम मल्ल ठकुरी र ज्यास्परको अभिनय छ । भिडियोमा उत्सव दाहालको छायांकन, विकाश दाहालको सम्पादन रहेको छ ।

न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयको कोभिड डिरेक्टोरिएटमा लामो समय काम गरेका गीतकार अधिकारी नेपाल सरकारको तर्फबाट न्युजिल्याण्डका लागि पर्यटनदूतका रूपमा काम गरिसकेका विज्ञ हुन् । उनले यसअघि  जिउने चाहना बोलको गजल बजारमा ल्याएका थिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  २ : १९ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो