‘हाम्रो जे भने नि तिमी’मा राजेश हमालको अभिनय | Khabarhub Khabarhub

‘हाम्रो जे भने नि तिमी’मा राजेश हमालको अभिनय


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महानायक राजेश हमालको अभिनय रहेको ‘हाम्रो जे भने नि तिमी’ बोलको गीतको भिडियो  सार्वजनिक भएको छ । डा.  रमिल अधिकारीको शब्द, ज्ञानेन्द्र गिरीको संगीत रहेको गीतमा गायक सुप्रिम मल्ल ठकुरी र गायिका ज्यास्परको स्वर छ ।

विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोले आफ्ना सन्तानलाई सब थोक ठान्ने बाबुको धेरै भन्दा धेरै मायालाई दर्साएको छ ।  एउटा परिवारमा बाबुको माया नै माया पाएर हुर्किएका दुई नाबालकको प्रेम र रमाइलोलाई देखाइएको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

भिडियोमा अभिनेता हमालको अलावा गायक गायिका सुप्रिम मल्ल ठकुरी र ज्यास्परको अभिनय छ । भिडियोमा उत्सव दाहालको छायांकन, विकाश दाहालको सम्पादन रहेको छ ।

न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयको कोभिड डिरेक्टोरिएटमा लामो समय काम गरेका गीतकार अधिकारी नेपाल सरकारको तर्फबाट न्युजिल्याण्डका लागि पर्यटनदूतका रूपमा काम गरिसकेका विज्ञ हुन् । उनले यसअघि  जिउने चाहना बोलको गजल बजारमा ल्याएका थिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  २ : १९ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना