तेह्रथुम र पाँचथर जोड्ने पुल निर्माणस्थलबाट शेखरले गरे मन्त्री सितालाई फोन…. « Khabarhub

तेह्रथुम र पाँचथर जोड्ने पुल निर्माणस्थलबाट शेखरले गरे मन्त्री सितालाई फोन….


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

फिदिम– तेह्रथुको छथर गाउँपालिका र पाँचथरको तुम्बेवा गाउँपालिका जोड्ने आक्पारा पुल निर्माणको विषयमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले शहरी बिकास मन्त्री सीता गुरुङलाई ध्यानाकर्षण गराएका छन् । 

कोईरालाले मन्त्री गुरुङलाई फोन गरेर पुल निर्माणको काम चाँडै सम्पन्न गर्न आग्रह गरेका हुन । उनले भने, ‘पुल निर्माणमा अत्यन्तै ढिलासुस्ती भएको गुनासो छ । पुल निर्माणमा किन ढिलाई भएको हो?’ 

जवाफमा मन्त्री सिताले सम्बन्धित निकायलाई तिव्र गतिमा काम अगाडि बढाउन निर्देशन दिने बताइन । यो पुल चाँडो नबन्दा दुई जिल्लामा आवत-जावतमा समस्या भएको छ । तेह्रथुम मन्त्री सिताको निर्वाचन क्षेत्र हो । 

छथर गाउँपालिका ४ का कांग्रेस वडा सभापति सिद्धिमान लिम्बू लगायत स्थानीयले आक्पारा घाटको पुल निर्माणमा अत्यन्तै ढिलासुस्ती भएको गुनासो गरेपछि कोइरालाले पुल निर्माणको अनुगमन गरेका थिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  २ : ५७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर