चितवन चेम्बर अफ कमर्समा भट्टराई « Khabarhub

चितवन चेम्बर अफ कमर्समा भट्टराई


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा युवा व्यवसायी गोपाल भट्टराई निर्विरोध निर्वाचित भएका छन् । वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनबाट संस्थापक उपाध्यक्षसमेत रहेका उनको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

तीनवर्षे कार्यकालको सो कार्यसमितिको उपाध्यक्षद्वयमा क्रमशः रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिवमा महेश तिवारी, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठक, सहकोषाध्यक्षमा प्रकाश श्रेष्ठ चयन भएका छन् । 

यस्तै सदस्यमा गगन लामा,  शुकरानी लामा, शोभा गौतम, नवीन रिजाल, बलराम भण्डारी, दिपेश श्रेष्ठ, निलेनमान शाक्य, रामप्रसाद सुवेदी, प्रमिल न्यौपाने, विशाल भट्टराई, अच्युत थपलिया, शोभाखर अधिकारी र पुरुषोत्तम कँडेल रहेका छन् ।

 विसं २०७५ मा स्थापित सो संस्थाले व्यावसायिक हकहित प्रवर्द्धन, व्यावसायिक दक्षता विकास, साझा सरोकारलगायत क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ३ : ५२ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति