प्रचारप्रसारको कमीले ओझेलमा गाम्फा धुरी  « Khabarhub

प्रचारप्रसारको कमीले ओझेलमा गाम्फा धुरी 


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मङ्गला गाउँपालिका–४ र बाग्लुङको ताराखोला गाउँपालिका–३ को सिमानामा रहेको गाम्फा धुरी ओझेलमा परेको छ । हिमाल र पहाडी भूगोलका साथै सूर्योदयको अवलोकन गर्न उपयुक्त स्थान भए पनि पूर्वाधार र प्रचारप्रसारको कमीले गाम्फाधुरीमा पर्यटक भित्रन नसकेका हुन् । 

पूर्वी रुकुमको चुरेनदेखि गुर्जा, धवलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हुँदै गोर्खामा रहेका मनास्लुसहितका २० भन्दाबढी  हिमशृङ्खला अवलोकन गर्न सकिने गाम्फाधुरी सुनसान छ ।  म्याग्दी, बागलुङ, पर्वत र कास्की जिल्लाकासमेत अधिकांश ग्रामीण बस्ती देख्न सकिने गाम्फाधुरीमा स्वामी परमानन्द महाराजले तपस्या गर्नेक्रममा बनाएको कुटी, साधनास्थल र हवनकुण्डको भग्नावशेष देख्न सकिने मङ्गला गाउँपालिका–४ का वडा सदस्य होममाया पुनले बताए । 

‘व्यवस्थित पदमार्ग, खाने, बस्ने सुविधा, खानेपानी, विद्युत् सुुविधाविहीन गाम्फाधुुरीको सौन्दर्य र विशेषता स्थानीयस्तरमा सीमित हुुँदा ओझेल परेको हो’, उनले भने, ‘घना जङ्गलको बीचमा रहेको अग्लो पहाडको टुप्पो, गाम्फा धुरीको सौन्दर्यको वर्णन गरिसाध्य छैन ।’ गाम्फाधुरीमा परापूर्वकालमा स्वर्गद्वारीबाट आएका १००८ स्वामी परमानन्द महाराजले तपस्या गरेका थिए । बस्तीदेखि टाढा रहेको गाम्फाधुरीमा तपस्वीले ढुङ्गा खोपेर पानी संंकलन गर्न बनाएको संरचना छ । 

तपोभूमि क्षेत्रका ऐतिहासिक संरचनाको दृश्यावलोकन र प्राकृतिक सुन्दरताले मोहित बनाउने बेनीका अमित विश्वकर्माले बताए ।

गाम्फाधुरीमा पूर्वाधार निर्माण, आध्यात्मिक र धार्मिक क्षेत्रको विकास गर्न, ऐतिहासिक तपोभूमिको संरक्षण तथा प्रवर्द्धनमा जनप्रतिनिधिले चासो देखाएका छन् । मङ्गला गाउँपालिका–४ का वडाध्यक्ष लालबहादुर रोकाले ऐतिहासिक तपोभूमिको संरक्षण, पूर्वाधार निर्माण र प्रवर्द्धन गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वडाले पहल थालेको बताए । 

‘गाम्फाधुरी प्राकृतिक सुन्दरतासँगै ऐतिहासिकस्थल हो’, उनले भने, ‘यहाँ भग्नावशेषमा परिणत भएका संरचनाको संरक्षण, पूर्वाधार निर्माण र प्रवर्द्धन गरेर तपस्वी, भक्तजन र पर्यटक भित्र्याउन सकिन्छ ।’

विसं २०१७ देखि २०२७ सम्म गाम्फाधुरी बस्नुभएका स्वामी परमानन्दबाट स्थानीय छविप्रसाद शाहनन्द लामिछाने र खड्कप्रसाद रोकाले पनि शिक्षा प्राप्त गरेका थिए । उनले २०१८ सालमा सोही वडाको दुर्दिमा शिवालय मन्दिर स्थापना गरेका थिए । तपोभूमि क्षेत्रमा मन्दिर, स्वामी परमानन्दसहित उनका चेलाहरू छविप्रसाद र खड्कप्रसादको मूर्ति बनाउने  वडा कार्यालयको योजना छ ।

‘गाम्फाधुरीलाई धार्मिक र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सडक निर्माण, खानेपानी, पदमार्ग निर्माण, तपोभूमिमा पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि गाउँपालिका, प्रदेश र सङ्घ सरकारका सम्बन्धित कार्यालयसमक्ष बजेटको माग गरेका छौँ’, वडाअध्यक्ष रोकाले भने ।

गाउँपालिकाका सब-इञ्जिनियर धनबहादुर बोहराले तपोभूमि क्षेत्रको संरक्षण, गाम्फाधुरीसम्म पूर्वाधार निर्माण, सडक र पदमार्ग निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने बताए। गाम्फाधुरीमा पूर्वाधार निर्माणका लागि प्रदेश तथा सङ्घ सरकारसँग बजेटको माग गर्नलाई हाल वडा कार्यालयले सर्वेक्षण गरेको उनले  बताए । 

म्याग्दीको सदरमुकाम बेनीबाट तातोपानी हुँदै मङ्गला–४ बुकेनीमा सवारी साधनमार्फत एक घण्टाको यात्रा र बुकेनीबाट करिब साढे तीन घण्टाको पैदलयात्रामार्फत गाम्फाधुरी पुग्न सकिन्छ । त्यस्तै मङ्गला-३ को झाँक्रीपानी भएर पनि उक्त स्थानमा पुग्न सकिन्छ । 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ४ : ३१ बजे

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका