राष्ट्रियसभामा जान रेशमको इच्छा, पत्नी श्रेष्ठ भने अन्यलाई अवसर दिने मुडमा « Khabarhub

राष्ट्रियसभामा जान रेशमको इच्छा, पत्नी श्रेष्ठ भने अन्यलाई अवसर दिने मुडमा


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीलाई पनि एक सिट दिन गठबन्धन दल सहमत भएका छन् । गठबन्धन दलहरूबिच सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिलाई एक सिट दिने सहमति भएसँगै उम्मेदवारको विषयमा उसले छलफल सुरु गरेको  छ ।

नाउँपाबाट राष्ट्रियसभामा जानका लागि संरक्षक रेशम चौधरीले इच्छा देखाएका छन् । तर, चौधरीलाई राष्ट्रियसभामा पठाउन अध्यक्ष रन्जिता श्रेष्ठले नमानेको बताइएको छ । एकै परिवारबाट संसदमा तीन जनाले प्रतिनिधित्व गर्दा राम्रो सन्देश नजाने श्रेष्ठको तर्क छ ।

नाउँपाका एक नेताले भने, ‘हामीले तपाई जानुपर्छ भनेका छौँ । तर उहाँ र उहाँको परिवार मान्नु भएको छैन । अन्य नेतालाई प्राथमिकता दिन्छौँ भनेर पार्टी अध्यक्षले भनिरहनु भएको छ ।’ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी श्रेष्ठ रेशमकी श्रीमती हुन् ।

राष्ट्रियसभा निर्वाचनको छलफलका लागि नाउँपाले शनिबार केन्द्रीय समिति बैठक राखेको छ । सो बैठकबाट राष्ट्रियसभामा कसलाई पठाउने भन्ने निर्णय हुने बताइएको छ ।

राष्ट्रियसभाका लागि नाउँपामा चौधरीसँगै वरिष्ठ उपाध्यक्ष दामोदर शर्मा पण्डित, उपाध्यक्ष सुनिता चौधरी, पूर्व आइजिपी मोतीलाल बोहोरा र रेशम चौधरीको नाम पनि चर्चामा छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ५ : ०५ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार