भक्तपुरमा आँखाका बिरामीको संख्या बढ्दो « Khabarhub

भक्तपुरमा आँखाका बिरामीको संख्या बढ्दो


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा आँखाका रोगीहरूको संख्या निरन्तर उकालो लागेको देखिएको छ । पछिल्लो ६ वर्षमा यो संख्या निरन्तर उकालो लागेको तथ्यांकले देखाएको हो । ख्वप तीलगंगा आँखा अस्पतालले राखेको तथ्यांकअनुसार यहाँं आउने बिरामीहरूको संख्या निरन्तर बढ्दो छ । अस्पतालले सन् २०१८ बाट सेवा सुरु गरेको थियो ।  

सेवा सञ्चालनको पहिलो वर्षमा यहाँ २० हजार ४२७ जनाले सेवा लिएका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०१९ मा बढेर २५ हजार ७९४ जनाले सेवा लिए । त्यसपछि दुई वर्ष भने घटेको देखिएको छ । कोरोनाका कारण ती वर्षमा बिरामी आउने क्रम घटेको जनाइएको छ । 

सन् २०२० मा ११ हजार ६९१ जनाले सेवा पाए । यस्तै सन् २०२१ म २० हजार ८९ जनाले सेवा पाए । त्यसपछि भने निरन्तर बढ्दो छ । यसरी सन् २०२२ मा बढेर २५ हजार ५७३ जना सेवाग्राही अस्पताल आए । साथै फेरि बढेर सन् २०२३ को ११ महिनाभित्रमा पनि २९ हजार ७९४ जना सेवा लिन अस्पताल पुगे । 

ख्वप तीलगंगा आँंखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यो अस्पताल अरु अस्पताल जस्तो नाफाको लागि नभई सेवाका लागि रहेकाले तुलनात्मक रुपमा कम शुल्कमा सेवा प्रदान गर्दै आइरहेको सुनाए । काठमाडौंको तीलगंगा आँखा अस्पताल भन्दा कम शुल्कमा आफूहरूले सेवा दिइरहेको उनको भनाई थियो ।  

तीलगंगा आँखा अस्पतालका डा मोहनकृष्ण श्रेष्ठले भक्तपुरका जनतालाई आँखा उपचारको सेवा दिन भक्तपुर नगरपालिकासँग मिलेर काम गरिरहेको जानकारी गराए । त्यसकारण यहाँंको नाम ख्वप तीलगंगा आँंखा अस्पताल राखेर कम शुल्कमा सेवा दिइरहेको जानकारी उनले गराए । 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ५ : ०९ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन