सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलि फैसला हुन सक्ने « Khabarhub

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलि फैसला हुन सक्ने


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । लामिछाने पक्षका वकिलहरूको बहस नसकिएपछि उनको मुद्दामा आज पनि फैसला हुन नसकेको हो ।

जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासमा आज लामिछानेका वकिलहरू अधिवक्ता मुरारी सापकोटा, रोशनी पौडेल, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सविता भण्डारी र रमण श्रेष्ठले बहस गरेका थिए ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्दागर्दै कार्यालय समय सकिएपछि न्यायाधीश ढकालले बहस भोलिलाई सारेका हुन् ।

भोलि लामिछानेका वकिलहरूको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालाका वकिलले जवाफी बहस गर्ने छन् । दुवै पक्षको बहस सकिएपछि यो मुद्दामा न्यायाधीशले फैसला सुनाउने छन् ।

न्यायाधीश ढकालले भोलि नै पनि फैसला सुनाउन सक्ने बताइएको छ ।
ढकालको इजलासमा गत शुक्रबारदेखि उक्त मुद्दा अन्तिम सुनुवाइका लागि पेसी चढेको थियो ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ५ : १८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया