वर्ष २०२३ : बलिउडको सबैभन्दा फ्लप फिल्म कंगनाको ‘तेजस’ « Khabarhub

वर्ष २०२३ : बलिउडको सबैभन्दा फ्लप फिल्म कंगनाको ‘तेजस’


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउडको यो वर्ष शाहरुख खानको कमब्याकको वर्ष रह्यो । यो वर्ष शाहरुख खानले मात्र कमब्याक गरेनन्, संकटापन्न बलिउडकै पनि कमब्याक गराए । शाहरुख खानको ‘पठान’अघि सलमान खान र आमिर खान, अक्षय कुमार न रनवीर कपुर कसैका पनि फिल्मले दर्शक हलमा बोलाउन सकेको अवस्था थिएन ।  तर ‘पठान’ पछि साना ठूला सबै फिल्मले राम्रो व्यापार गरे । 

तर यति हुँदाहुँदै पनि बलिउडमा यो साल चलेकै स्टारका फिल्मको भने बिजोग पनि देखियो । फिल्मको यस्तो बिजोग देखियो कंगना रनावतको । उनी अभीनित ‘तेजस’ले विश्वभरबाट मुस्किलले ५ करोड कमायो तर यसको लगानी नै ५० करोड माथि थियो । 

खराब फिल्मको सूचीमा समीक्षकले यो साल ‘आदिपुरुष’ ‘सेल्फी’ ‘टिकु वेड्स सेरु’आदिलाई पनि राखेका छन् । तर यी फिल्मले दर्शक रुचिको मनस्थिति इंगित गर्ने आइएमडीबीमा ठीकठाकै अंक पाएका छन् । यी सबमा पहिलो नम्बर पाएको छ अर्जुन कपुर र भूमि पेडेनेकर अभीनित ‘लेडी किलर’ले । यो फिल्मले यो साल रिलिज भएका बलिउड फिल्ममध्ये आइएमडीबीमा सबैभन्दा कम रेटिङ पाएको छ ।

आइएमडीबीमा यो फिल्मलाई दर्शकले १० मा जम्मा १.५ रेटिङ दिएका छन् । यता मात्र होइन , यो फिल्मले बक्स अफिसमा पनि लाजमर्दो व्यापार गरेको थियो । यो फिल्मले बक्स अफिसमा जम्मा ३८ हजार भारुको व्यापार गरेको थियो भने यो फिल्मको जम्मा २ सय ९३ वटा टिकट बिक्री भएको थियो । वर्षको खराब फिल्मको नाम लिनु पर्दा अहिले ढुक्कले यही फिल्मको नाम लिने गरेका छन् । 

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ५ : ३७ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो