विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् । धनुषाको  क्षिरेश्वरनाथ नगरपालिका-४ हरैया चन्द्रपुरबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय ललन सहनी समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले प्र.२-०२-००५ प २२०३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।    

कैलालीको भजनी नगरपालिका-३ मोरीयाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका-१ भुरुवा बस्ने २२ वर्षीय दिनेस चौधरी समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.६ प ५६५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका-२ गोपिगंजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९१ मिलिग्रामसहित बर्दघाट नगरपालिका-६ विद्युत बस्ने ३२ वर्षीय पुकार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले लु.६४ प ८८३२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

मोरङको विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ मिलिग्रामसहित सुनसरी दुहबी नगरपालिका-९ बस्ने ३० वर्षीय मो।सहबाज समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ८६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कपिलवस्तुको  शिवराज नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय ७० मिलिग्रामसहित दाङ घोराही उपमहानगरपालिका-१४ मिलन चोक बस्ने २२ वर्षीय गोविन्द कुमार चन्दलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुरको गोदावरी नगरपालिका-३ चौकी डाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्रामसहित कृष्णपुर नगरपालिका-६ गजरौला बस्ने २६ वर्षीय राजेश लुहारलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कञ्चनपुरकै, कृष्णपुर नगरपालिका-८ बस्ने २८ वर्षीय हरिश भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४७ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।        

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ५ : ५० बजे

काठमाडौं–१ मा रञ्जुलाई १३ हजार ५९१ मत, विजयी घोषणा तयारी

काठमाडौं- निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी

चितवनका तीन क्षेत्रमा दुईवटामा रास्वपा, एकमा एमाले अगाडि

चितवन– बिहीबार देशभर भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको

पाल्पा– प्रतिनिधि सभा क्षेत्र नं १ को मतगणना अद्यावधिक

पाल्पा– पाल्पा क्षेत्र नं १ मा हालसम्म २५१९ मत गणना

काठमाडौँ १ बाट रास्वपाकी रञ्जुको विजयी घोषणा तयारी : आठ हजार ७५७ मतको अग्रता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा)ले काठमाडौँ १ बाट विजयी

काठमाडौँ–५, ९ र १० मा रास्वपा अघि

काठमाडौं– पछिल्लो मतपरिणामअनुसार काठमाडौँ क्षेत्र नं ५, ९ र १०