राष्ट्रियसभा निर्वाचन : मापदण्डका आधारमा उम्मेदवार बनाउन कांग्रेसको सुझाव  « Khabarhub

राष्ट्रियसभा निर्वाचन : मापदण्डका आधारमा उम्मेदवार बनाउन कांग्रेसको सुझाव 


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरूले मापदण्डका आधारमा राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने सुझाव दिएका छन् ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूबाट राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने, नयाँलाई अवसर दिनुपर्ने लगायतका सुझाव आएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

पार्टीले न्याय गर्नुपर्ने, पार्टीका नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने, फरक नीतिहरू महासमितिले पारित गर्नुपर्ने लगायतका सुझाव आएको उनले बताए ।

त्यस्तै सोमबार प्रज्ञा भवनमा मनाइने राष्ट्रिय मेलमिलाप दिवसलाई प्रभावकारी रुपमा मनाउनुपर्ने र अन्य दलहरूलाई समावेश गराउनुपर्ने सुझाव समेत आएको विश्वकर्माले जानकारी दिए । 

बैठकमा पार्टी सांगठनिक विषय, महासमिति बैठकको तयारी, मेलमिलाप दिवस, राष्ट्रियसभा निर्वाचन, समुदायमा कांग्रेस, सरकारका रहेका मन्त्रीहरूको काम लगायतका विषयमा छलफल भएको उनले बताए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ६ : ०७ बजे

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्